arrow

बालदिवसको अवसरमा आईएमएस लिटिल स्माइल्सको छुटै छुट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २ बिहिबार
IMS-Little-Smiles-Showroom.jpg

काठमाडौँ।  बाल दिवसको अवसरमा आईएमएस लिटिल स्माइल्सले प्रिमियम बेबी ब्रान्ड र अन्य अन्तर्राष्ट्रिय ब्रान्डहरूमा उत्कृष्ट डिल, छुट र अफरहरू प्रदान गर्ने भएको छ। आईएमएस लिटिल स्माइल्सले आफ्ना ग्राहकहरूलाई क्रेन, डा.ब्राउन, बीबीलुभ, ड्रिमबेबी र अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रिमियम बेबी ब्रान्डहरूमा ३० प्रतिशतसम्म छुट उपलब्ध गराउने भएको हो।

साथै ग्राहकलाई थप ५ प्रतिशत को पुनः खरिद छुट भौचर पनि प्रदान गर्ने आईएमएस लिटिल स्माइल्सले जनाएको छ। यो अभियानमा #littlesmilesmatter फोटो प्रतियोगिता पनि प्रस्तुत हुने बताइएको छ।

जहाँ तीन भाग्यशाली प्रतियोगीले आईएमएस लिटिल स्माइल्सबाट आकर्षक गिफ्ट ह्याम्पर जित्ने मौका पाउने छन्। नेपालको पहिलो बेबिज र किड्स प्रिमियम मल्टी ब्रान्ड आउटलेट, आईएमएस लिटिल स्माइल्स दरबारमार्ग स्थित दरबार मल र कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको छ।

यो अफर मङ्सिर ३ गते शुक्रवारदेखि मङ्सिर ७ गतेसम्म मान्य हुने पनि कम्पनीले जनाएको छ। मल्टी ब्रान्ड आउटलेटमा अन्तर्राष्ट्रिय ब्रान्डहरू जस्तै डा. ब्राउन, बीबीलुभ, ड्रिमबेबी, हिमालयन बेबी केयर, क्रेन, फिमी, डि जे आइ, इनजाइजर, लाइनरफ्लक्स र अन्य ब्रान्डहरू उपलब्ध रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ