arrow

किड्स एक्स्पो २०२२ शनिबार नक्सालमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ६ बुधबार
kids-expo.jpg

काठमाडौं । शिशु र बालबालिकाहरुको लागि नेपालको पहिलो र सबैभन्दा ठूलो एक्स्पो  शनिबार हुने भएको छ । आईएमएस ग्रुप मूख्य प्रायोजक रहेको उक्त एक्स्पो शनिबार राई स्कुल नक्सालमा हुन लागेको हो । स्मार्टडोको अनलाइन पार्टनर रहेको छ । 

अन्तर्राष्ट्रिय र राष्ट्रिय ब्रान्डहरु  जस्तै  डा. ब्राउन, क्रेन, क्रेन बेबी, बिबिलव, ड्रीमबेबी, हिमालया, पाराकिटो, स्मार्टडोको, किको, सीजी फूड्स, मामाअर्थ, बेबी ट्री,चोकोफन,कोजी लाउन्ज वेयर, स्विमसुइट नेपाल, किड्जको, फन स्टेशन, कृष्णा पाउरोटी भण्डार र अन्य धेरै ब्राण्डहरुको 
स्टल प्रदर्शनमा   हुनेछ  । 

अभिभावक र बच्चाहरुले विभिन्न स्टलहरुबाट सामान किनमेल गर्न, स्वादिष्ट खानाहरु खान, विभिन्न खेलहरुका मजा लिन साथ साथै लक्की ड्रमा  सहभागी भई पुरस्कारहरु जित्ने मौका पाउन सक्ने छन् । 

भिजिटरहरूले ब्राण्डहरुमा भारी छुट र अफरहरुको मज्जा  लिन सक्ने जनाइएको छ । सेलिब्रिटी आमाहरु जस्तै प्रियंका कार्की, जेनिसा मोक्तान, ऋचा शर्मा र श्वेता खड्का आफ्ना बच्चाहरुसँग उपस्थित हुनेछन् ।

आगन्तुकले रु २५० मा टिकट खरिद गर्न सक्नेछन् । १३ वर्षभन्दा मुनिका बच्चाहरुलाई निःशुल्क प्रवेश हुनेछ । 

आगन्तुकहरुले ई(सेवाबाट अनलाइनमा टिकटहरु खरीद गर्न सक्नेछन् वा आईएमएस लिटिल स्माइल्स शोरूमहरु (दरबारमार्ग र सिटी सेन्टर), राई स्कूल (नक्साल), किड्जको (आयप्लेक्स मल, बानेश्वर) र गुडफेलास (बसन्तपुर) मार्फत टिकटहरु खरिद गर्न सक्ने छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ