arrow

आईएमएस सफ्टवेयर र सेलपेबीच सहकार्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १८ मंगलबार
ims-software-cell-pay-mou.jpg

काठमाडौँ। आईएमएस सफ्टवेयरले आफ्ना सबै ग्राहकमा डिजिटल भुक्तानी सेवा प्रवर्द्धन गर्नका लागि नेपाल राष्ट्र बैङ्कद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ। सहकार्य सम्झौतामा आईएमएस सफ्टवेयरका तर्फबाट सन्तोष ताम्राकार र सेलकम प्रालिका तर्फबाट पवन प्रधानले हस्ताक्षर गरेका छन्। 

आईएमएस सफ्टवेयर एक सूचना प्रविधि कम्पनी हो जसले विभिन्न क्षेत्रका लागि विभिन्न किसिमका सफ्टवेयरहरू बनाउँदै आएको छ। सेलपेसँग सहकार्यपछि आईएमएस सफ्टवेयरका प्रयोगकर्ताहरूले आफ्ना क्रेडिटर्सलाई आईएमएस सफ्टवेयर प्रयोग गरी सेलपेमार्फत भुक्तानी गर्न सक्ने छन्।

सेलपे, सेलकम प्रालिद्वारा सञ्चालित, नेपाल राष्ट्र बैङ्कद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो, जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैङ्क खाताका साथै वालेटबाट पनि भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ।

ग्राहकहरूले सेलपेद्वारा विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महसुल भुक्तानी, इन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरू, विभिन्न पसल, रेस्टुरेन्टमा भुक्तानी, फोनपे नेटवर्कका करिब पाँच लाख मर्चेण्टहरूमा भुक्तानी, एक बैङ्क खाताबाट अन्य बैङ्क खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर लगायत वास्तविक समयमा गर्न सकिने फोनपेले बताएको छ।

साथै ग्राहकले सेलपे कार्ट सेवामार्फत सजिलै घरमै बसी बसी विभिन्न सामानहरू खरिद गर्न सने सेलपेले बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ