arrow

आईएमएस ग्रुप र सबको फोनबीच मोबाइल एक्सचेन्जका लागि साझेदारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २ बुधबार
imsgroup-sabko-phone.jpg

काठमाडौँ । नेपालमा सामसङ फोनको राष्ट्रिय वितरक ‘आईएमएस’ र नेपाली बजारमा स्थानीय रूपमा नवीकरण गरिएका मोबाइल फोनहरू तयार गर्ने अग्रणी कम्पनी सबको फोनले आईएमएस सबको फोन एक्सचेन्जको शुरुआतका लागि साझेदारीको घोषणा गरेका छन् । 

विभिन्न ब्रान्डका मोवाइल प्रयोगकर्ताहरुलाई आफुले प्रयोग गरेको फोन साटी सामसङ स्मार्टफोनमा अपग्रेड  गर्न सजिलो विकल्प प्रदान गर्ने उद्देश्यले यो मोबाइल एक्सचेन्ज सुविधा शुरु गरिएको छ । 

यो एक्सचेन्ज सुविधा अन्तर्गत ग्राहकले आफूले प्रयोग गरेका जुनसुकै ब्राण्डका मोबाइललाई नयाँ सामसङ स्मार्टफोनसंग साट्न सक्नेछन् । 

आाईएमएस सबको फोन एक्सचेन्ज सुविधा अन्तर्गत प्रदान गरिने वेबमा आधारित प्रणालीको प्रयोग गरी ग्राहकले आफूले प्रयोग गरेको फोनको विवरण भरी मात्र १ मिनेटमा फोनको मूल्य प्राप्त गरी नयाँ सामसङ स्मार्टफोनमा सजिलै अपग्रेड गर्न सक्नेछन् । 

यस्तो एक्सचेन्ज सुविधा प्राप्त गर्नको लागि ग्राहकले आफूले प्रयोग गरेको मोबाइलको भ्याट बिल र परिचय खुल्ने सरकारी परिचयपत्र अनिवार्य उपलब्ध गराई स्वघोषणा फारम भर्नुपर्नेछ । 

प्रथम चरणको लागि यो सुविधा हाल सामसङको आधिकारिक आईएमएस स्मार्ट आउटलेटहरू र काठमाडौँमा रहेका अधिकृत बिक्रेतामा मात्र उपलब्ध गराइएको छ ।

सबको फोनका संस्थापक उत्तम काफ्लेले यस सहकार्यप्रति उत्साह व्यक्त गर्दै आइएमएस र सबको फोन बीचको यस साझेदारीले मोबाइल प्रयोगकर्ताहरुलाई मोबाइल एक्सचेन्ज सहज र छिटो बनाउँदै उचित मूल्य प्रदान गर्नेे लक्ष्य राखेको बताए । 

‘एक पटक प्रयोग गरिएका फोनहरूलाई अपसाइकल गरी पुनः प्रयोग गर्न सके विद्युतीय फोहोरको समस्याहरूलाई समेत सम्बोधन गर्न सकिन्छ । हामीले सुरु गरेको यस प्रयासले नेपालमा वातावरण र पुनः प्रयोगप्रति जिम्मेवार र सामाजिक उत्तरदायी उद्यमशीलताको प्रतिनिधित्व गर्नेछ’, उनले बताए । 

आईएमएस ग्रुपका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्राले सबको फोनसँगको सहकार्यले नेपालमा मोबाइल एक्सचेन्जलाई सहज बनाउनेछ भन्नेमा विश्वस्त रहेको बताए । 

यो सुविधाको कार्यान्वयन पहिलो चरणमा काठमाडौँका आउटलेटहरूमा केन्द्रित हुने र विस्तारै एक्सचेन्ज सुविधा नेपालभर उपलब्ध गराउने योजना रहेको बताए । 

सबको फोनको प्रविधिसँग आईएमएसको विशेषज्ञतालाई संयोजन गरेर आफ्ना ग्राहकहरूलाई प्रयोगमा आइसकेका फोनहरूको उचित मूल्य प्रदान गरी सामसङ स्मार्टफोनमा अपग्रेड गर्न सजिलो र सुविधाजनक बनाउने आइएमएसको योजना रहेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ