arrow

आईएमएस ग्रुपको किड्स एक्स्पो २०२२ लाई उत्कृष्ट सफलता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १५ शुक्रबार
kids-expo-2022.jpg

काठमाडौं । आईएमएस ग्रुपको किड्स एक्स्पो २०२२ ले उत्कृष्ट सफलता हासिल गरेको छ । गत शनिबार नेपालको पहिलो र सबैभन्दा ठूलो  किड्स एक्स्पोको आयोजना भएको थियो । सो एक्स्पो बालबालिका क्षेत्रमा एक भव्य एक्स्पो हुन सफल भएको आयोजकले दाबी गरेको छ । 

जहाँ १५०० भन्दा बढी टिकट बिक्री हुनुका साथ साथै २५०० भन्दा बढी सहभागीहरुले भाग लिएका थिए । एक्स्पोमा प्रमुख बालबालिका ब्रान्डहरुको सहभागिता थियो । 

४० भन्दा बढी प्रदर्शकहरुले आफ्ना ब्रान्डहरु बिशाल भिजिटर सामु प्रदर्शन गरेका थिए भने किड्स प्लेजोन र फुटजोनले यस एक्स्पोलाई अझ आकर्षित बनाएको थियो ।

'नेपालको पहिलो ठूलो किड्स एक्स्पोको सफलतापूर्वक संगठन गर्नलाई र हामीलाई टाइटल स्पोन्सरहरुको रूपमा सहभागी हुन दिनलाई हार्दिक धन्यवाद र बधाई  सम्पूर्ण आयोजक टीम दिन चाहन्छु । यस स्तरको प्रदर्शकहरु र सहभागिताहरु संख्या हाम्रो अपेक्षा भन्दा धेरै थियो । त्यसैले आगामी वर्षको किड्स एक्स्पोमा पनि हामी अवस्य सहभागी हुनेछौँ', आईएमएस ग्रुपका अध्यक्ष तथा संचालक डिकेश माल्होत्राले भने । 

एक्स्पो क्रिसमस इभमा आयोजित भएको थियो र एक्स्पोको थिम क्रिसमस ब्रान्डिङमा गरिएको थियो । जस कारण बालबालिका अझ रमाएका थिए ।

'हामी किड्स एक्स्पो २०२२ को सफलताबाट एकदमै खुशी छौँ र हामी हाम्रो सबै सहभागीहरु, स्पोन्सरहरु र प्रदर्शकहरुलाई धन्यवाद दिन चाहन्छौँ' किड्स एक्स्पोका  आयोजकले भने ।

किड्स एक्स्पो को सफलता पछि आयोजक टीमले आगामी वर्षमा किड्स एक्स्पो २०२३ अझ भव्य रुपमा लिएर आउने दाबी गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ