arrow

कोरियाली लग्जरी साङयोङ मुसो ग्राण्डको प्रि–बुकिङ छुटसहित खुल्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३० सोमबार
ssangyong-ims-motors.jpg

काठमाडौँ। लामो समयदेखि प्रतीक्षा गरिएको कोरियाली लक्जरी एसयूटी, साङयोङ मुसो ग्राण्डको प्रि–बुकिङ खुला भएको छ। नेपालमा साङयोङ मोटर्सको एक मात्र आधिकारिक वितरक आईएमएस मोटर्सले एसयूटीको प्रि–बुकिङ मार्च १३ तारिख (फागुन २९ गते) देखि सुरु गरेको जनाएको हो।

आईएमएस मोटर्सले साङयोङ मुसो ग्राण्डको प्रि–बुकिङमा अचम्मको छुट र अफरहरू प्रदान गर्नेसमेत जनाइएको छ।

सो सवारी किन्दा डेढ लाखका निःशुल्क सामान, एक लाखसम्म नगद छुट, एक लाख रुपैयाँ प्रारम्भिक बुकिङ छुट र ८५ हजार रुपैयाँको बिमा पाउने छन्। यसरी प्रि–बुकर हरूले ४ लाख ३५ हजार रुपैयाँको नगद लाभ प्राप्त गर्ने आईएमएस मोटर्सले जनाएको छ।

बिलासी मुसो ग्राण्ड एटिक रेस्टुरेन्ट ज्ञानेश्वरमा प्रदर्शन गरिनेछ। इच्छुक ग्राहकले टेस्ट ड्राइभसमेत गर्न पाउने जनाइएको छ। प्रि–बुकिङ अफर १३ अप्रिलसम्म रहने पनि जनाइएको छ।

के हो साङयोङ ? 
यो एक कोरियाली लक्जरी एसयूभी ब्राण्ड, चौथो ठुलो दक्षिण कोरियाली अटो मोबाइल निर्माता हो। सन् १९५४ मा स्थापना भएदेखि नै कम्पनीको गुणस्तरीय इन्जिनियरिङले सम्भवतः बनाएको हुनाले यसको उन्नत स्टाइल र उत्कृष्ट प्रदर्शनका लागि कम्पनीलाई सम्मान गरिन्छ।

यहाँ लक्जरी कारहरू, एसयूभीहरू, पिकअप ट्रकहरू र एमपीभीहरू जस्ता विभिन्न मोडेल लाइन–अपहरू पनि छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ