arrow

स्मार्टडोकोमा कार्तिक १२ देखि १६ गतेसम्म ६० प्रतिशतसम्म छुटको अफर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १२ शुक्रबार
smart-doko-hamro-tihar.jpg

काठमाडौँ। स्मार्टडोको अनलाइन किनमेल कम्पनीले तिहारको अवसरमा भारी छुटसहितका अफरहरू ल्याएको छ। स्मार्टडोकोबाट कार्तिक १२ गतेदेखि १६ गतेसम्म विभिन्न ब्रान्डका इलेकट्रोनिक सामान खरिद गर्दा ६० प्रतिशतसम्म छुट मिल्ने कम्पनीले जनाएको छ।

यी बाहेक कम्पनीले अन्य विभिन्न आकर्षक तिहार अफरहरू ल्याएको छ। नेपालको सबैभन्दा धेरै रेटिङ प्राप्त भएको ईकमर्श एपले तिहारका लागि भनेर हाम्रो स्मार्ट तिहार अफर ल्याएको छ।

यस अन्तर्गत कार्तिक १२ देखि १६ गतेसम्म ब्रान्डका सामान खरिद गर्दा ६० प्रतिशतसम्म छुट पाउने छन्। यस्तै भाईको कोसेली, बहिनीलाई उपहार, धन्तेरस, घरमा तिहारलगायतको खरिदमा पनि विशेष छुट दिएको छ। स्मार्टडोकोले यस ‘हाम्रो स्मार्ट तिहार’ अफरमा ग्राहकहरूलाई इलेकट्रोनिक्स, हेल्थ एण्ड ब्युटी, एपिरियल, बेबी केयर र अन्य सामाग्रीहरू सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको छ।

ग्राहकहरूले यो अफरमा आफूलाई मन पर्ने विभिन्न उपहारहरू स्मार्टडोकोको वेबसाइट तथा एप बाट डाउनलोड गर्न सक्नेछन्। झन्डै १० हजारभन्दा बढी प्रोडक्टहरू रहेको स्मार्टडोकोमा बिहान ११ बजे भन्दा अगाडि अर्डर गरेमा ग्राहकले सोही दिन सामान पाउन सक्नेछन्।

यस्तै, स्मार्टडोकोका ग्राहकले काठमाडौँ उपत्यकाको रिङ रोड भित्र निःशुल्क डेलिभरी र रिङ रोड भन्दा बाहिर निकै कम शुल्क मा सामान डेलिभरी सुविधा पाउन सक्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ