arrow

स्मार्टडोकोको ‘वुमन्स डे अफर’, ४० प्रतिशतसम्म छुट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २२ आइतबार
smart-doko-women-day-2078.jpg

काठमाडौँ। विश्व नारी दिवसको अवसरमा नेपालको सबैभन्दा ठुलो ई(कर्मस स्मार्टडोकोले ‘वुमन्स डे अफर’ ल्याएको छ। स्मार्टडोकोले नारी केन्द्रित सामानहरूमा ४० प्रतिशतसम्म छुट प्रदान गर्ने जनाएको छ।

साथै महिलाहरूले न्यूनतम रु २००० को किनमेल गर्दा रु २०० को गिफ्ट कार्ड पाउन सक्नेछन्। स्मार्ट डोकोले प्रेस विज्ञप्ति जारी गरी भनेको छ, ‘नारी दिवसको अवसरमा ‘ट्याग एण्ड विन’ समावेश गरिएको छ जहाँ २ जना भाग्यशालीले स्मार्टडोकोको इन्स्टाग्राममा कमेन्ट गरी स्मार्टडोकोबाट आकर्षक उपहार जित्ने मौका पाउन सक्ने छन्।’

स्मार्टडोकोले अर्थ रिदम, मामाअर्थ, ट्रेसेमे, भिक्टोरिया सेक्रेट, डट एन्ड कि र अन्य धेरै ब्रान्डहरूमा ४० प्रतिशतसम्म छुटसहित महिला केन्द्रित सामानहरूमा उत्कृष्ट डिल र छुटहरु प्रदान गर्नेसमेत जनाएको छ।

स्मार्टडोकोसँग हाल १० हजारभन्दा बढी उत्पादनहरू विभिन्न क्याटेगोरीमा उपलब्ध छन्। जसमा ग्राहकले सजिलैसँग बेबी केयर, इलेकट्रोनिक्स, फुड एन्ड ग्रोसरिज तथा विभिन्न प्रकारका सामान खरिद गर्न सक्नेछन्।

स्मार्टडोको अगाडि भन्छ, ‘ग्राहकहरूले आफ्नो मन पर्ने सामानहरू एन्ड्रोइड र आईओएस दुवैमा स्मार्टडोको एप डाउनलोड गरी वा अनलाइनमार्फत पनि अर्डर गर्न सक्नेछन्। स्मार्टडोकोका ग्राहकहरूले काठमाडौँ उपत्यकाको रिङ रोडभित्र तुरुन्त डेलिभरी र काठमाडौँ उपत्यका बाहिर नेपालका ७७ जिल्लामा डेलिभर सेवा उपलब्ध गराइएको छ।

स्मार्टडोकोले यो अफर फागुन २२ देखि २४ गतेसम्म लागु हुने पनि जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ