arrow

गोविन्द केसीले सभामुखलाई तपाईको घर कहाँ हो भनेर सोधे ?

रोल्पाका जनता उपचार गर्न कहाँ आउँछन् ?

logo
प्रकाशित २०७३ साउन ५ बुधबार
kc-new-gharti.jpg.jpeg
काठमाडौं । सभामुख ओनसरी घर्तीले ११ दिन देखि अनसनरत डा. गोविन्द केसीलाई भेटेकी छन् । दिउँसो १ बजे महाराजगन्जस्थित अनसनस्थल पुगेकी सभामुख घर्तीले केसीको माग सबैको साझा एजेण्डा भएको भन्दै ऐक्यवद्धता जनाइन् । 
 
हाडजोर्नी रोग विशेषज्ञ केसी ११ दिन देखि छुट्टै चिकित्सा ऐन ल्याउन र अख्तियार दुरुपयोग अनुन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने लगायत विभिन्न माग राख्दै आठौं आमरण अनसनमा छन् । 
 
सभामुख घर्तीले भनिन्, ‘आम नागरिकको स्वास्थ्यसँग सम्बन्धित माग उठाउनु भएका डाक्टरसावको मागका विषयमा मैले प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्छु, ।’ उहाँले उठाउँदै आउनु भएको माग पूरा गर्ने सन्दर्भमा आफ्नो ठाउँबाट सक्ने जति सहयोग गर्ने छु ।’
 
सभामुखले जनताको स्वास्थ्यलाई केन्द्रमा राखेर सामाजिक न्यायका लागि लडेको भन्दै डाक्टर केसीलाई आफ्नो स्वास्थ्यको ख्याल गर्नसमेत सुझाव दिइन् । डा. केसीले सभामुखलाई ‘तपाइँको घर कहाँ हो ?’ भनि प्रश्न गरे । जवाफमा सभामुखले आफ्नो घर भएको बताइन् ।
 
केसीले सभामुखलाई रोल्पाका जनता उपचार गर्न कहाँ आउँछन् भनेर समेत सोध्न भ्याए । तर, निकै कमजोर भएकाले एकै छिनमा उनी गले । उनले आफूले दाङमा मेडिकल कजेल खोल्न सरकारलाई पटक–पटक आग्रह गर्दा समेत बजेट विनियोजन नगरेको सभामुखलाई सुनाए । 
 
केसी धेरैबेर बोल्न सक्दैनन् 
केसीका निकट सहयोगी जीवन क्षेत्रीले हाम्राकुरालाई भने, ‘सर धेरै बेर बोल्न सक्नु हुन्न । निकै कमजोर भइसक्नु भएको छ ।’ केसीमा निरन्तर छाती दुखाइ, मांशपेसी दुखाइ, बाउँडिने समस्या छ । केसी अब एक छिन पनि उठ्न नसक्ने भएका छन् । 
 
अस्पताल प्रशासनले पहिले अनसन बस्ने ठाउँमा ताला लगाईदिएपछि केसी केही दिन डि ब्लकको साँघुरो कोठामा अनसन बसे । उपचारमा समस्या हुने भएपछि चिकित्सकहरुले केसी पहिले देखि अनसन बस्दै आएको ठूलो कोठामा सारेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ