arrow

‘सरकार हटाउने अधिकार संसद्मा’

logo
प्रकाशित २०७३ साउन ५ बुधबार
Ishor-pokhrel.jpeg.jpeg
बागलुङ । नेकपा (एमाले) स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले संसद्बाट बनेको सरकारलाई संसद्ले मात्र हटाउन सक्ने बताएका छन् । 
 
प्रेस चौतारी नेपाल, बागलुङ शाखाले बुधबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता पोखरेलले भने “अविश्वास प्रस्ताव दर्ता गराउनेसँग पनि अहिले बहुमत छैन, संसद्ले परीक्षण नगरी अहिलेको सरकारलाई अल्पमतमा छ, भन्न मिल्दैन ।” 
 
उनले वर्तमान सरकारको विरुद्ध परेको अविश्वासको प्रस्तावमाथि संसद्बाट परिपक्व र संवैधानिक निर्णय हुन बाँकी रहेको धारणा राखे । नेता पोखरेलले अविश्वासको प्रस्ताव राख्ने दलसँग पनि अहिले बहुमत नरहेको बताए । 
 
पूर्व सञ्चारमन्त्री समेत रहेका नेता पोखरेलले संसद्को बहुमतले जे निर्णय गर्छ, त्यो एमालेलाई मान्य हुने उल्लेख गरे । उनले संविधानमा भएका व्यवस्थालाई पालना गरेर वर्तमान सरकार अघि बढ्ने बताए । 
 
“सङ्क्रमणकालीन अवस्थामा संविधानले एकभन्दा बढी सरकारको कल्पना गरेको छैन, दलीय सहमतिका बेला बनेको संविधानमा त्यो आवश्यकता नठानेर नराखिएको हुनसक्छ” नेता पोखरेलले भने । 
 
उनले अविश्वासको प्रस्ताव पारित भएको खण्डमा पनि नयाँ सरकार गठनका लागि संविधानमा भएका अस्पष्टतालाई हटाएर अघि बढ्नुपर्ने धारणा राखे । संविधान संशोधन, बाधा हट्काउ फुकाउ वा अदालती फैसलाबाट मात्र अघि बढ्न सक्ने अवस्था रहेको उनको भनाइ छ । एमालेसँग सत्तामा टिकिरहने मनसाय नरहेको स्पष्ट पार्दै संवैधानिक व्यवस्थालाई सबैले पालना गर्नुपर्नेमा जोड दिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ