arrow

संसदमा मुठभेडको संकेत, पहिले अविश्वास प्रस्ताव ल्याए च्यातिदिन्छौं : एमाले

सभामुखलाई सुरुमै माफि माग्न लगाउँछौं

logo
प्रकाशित २०७३ साउन ५ बुधबार
sansad @@@.jpg.jpeg
काठमाडौं । कांग्रेस माओवादीको अविश्वास प्रस्तावले उब्जाएको परिस्थितिले सत्तासिन र बाहिर रहेका दलहरुबीच सदनमा मुठभेड हुने संकेत देखिएको छ । दलहरुसंग सहमति गर्ने समय थोरै मात्र बाँकी छ । सभामुख ओनसरी घर्तीले दलहरुलाई विहिबार ११ बजे संसद बस्नु अघि जसरीपनि कुन् विषय पहिले राख्ने भन्ने यकिन गर्न भनेकी छन् । दलहरुले जुन विषय अघि राख्न भन्यो सोही अनुसार हुने उनको भनाई छ । नभए सभामुख घर्तीले यसअघि सूचना गरे अनुरुप अविश्वास प्रस्ताव पहिले प्रवेश गराउने तयारी छ । 
 
तर, सत्ताधारी एमाललेले सांसदहरुलाई प्रतिकारको तयारी सहित सदनमा जान ह्वीप जारी गरेको छ । एमाले पार्टी केन्द्रीय कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले आफुहरुले संसदको गरिमा र सभामुखको प्रतिष्ठाको चिन्ता गरेर अघि बढिरहेको सुनाए । कटाक्ष गर्दै उनले भने, ‘उहाँको गुरील्ला शैलीले पदको प्रतिष्ठा नगुमोस् भन्ने हो ।’ एमाले संसदीय दलको बैठक बस्नु अघि उनले भने, ‘सभामुखको इज्जत कसरी बचाउन सकिन्छ भनेर हामीले छलफल गर्न लागेका हौं ।’ संसद अवरोध गर्ने रेन्त तपाईहरु ? जवाफमा उनले भने, ‘सत्ताधारी दलले संसद अवरोध गर्ने त होइन तर, बलमिच्याई गेरे हामी कहाँ बाँकी राख्छौं र प्रतिकार गर्छौं । पार्टीको निर्देशन त्यही छ । सांसदलाई तयारी भएर जाने । हामी संग १ सय ८३ वटा सांसद छन् । सत्ताधारी अन्य दलका सांसद समेत सहिसलामत छन् । सबै मन्त्रिहरु सहिसलामत छन् ।’ 
 
हामीले नियमसंगत रुपमा पहिले नियमित अधिवेशनमा कार्यसूचीमा चढीसकेका विषयहरु टुंगिनु पर्दछ । हामी इमान्दार छौं, श्रेष्ठले भने, ‘सरकारले दिएको विजनेसको कारबाही सदनले गर्ने हो ।’ कसैले लुकि छिपी दर्ता गरेको अविश्वास प्रस्तावबारे छलफल गर्ने यो विशेष अधिवेशन होइन । 
 
हाम्रो सचेतकलाई सम्म जानकारी भएन, एकलौटी भो 
उनका अनुसार माओवादीले समर्थन फिर्ता लिएको कुरा र सदनमा अविश्वास प्रस्ताव दर्ता गराई कार्यसूचीमा राखेको कुरा आफ्ना सचेतकलाई समेत थाहा भएन । सरकारले त्यसबारे जानकारी गराउनु पर्छ कि पर्दैन, ‘सभामुखले कुन अधिवेशन बोलाएर प्रस्ताव दर्ता गर्नु भो । राजनीतिक कार्यकर्ता जस्तै उहाँले किन जानकारी नदिई प्रस्ताव दर्ता गर्नु भएको ।
 
सभामुखले नसुहाउने गरी काम गर्नु भो ।’ यो प्रक्रिया भएन । हाम्रो सरकारका मन्त्रीहरु सहिसलामत छन् । हामी कसरी काम चलाउ भयौं । निकै खलाखिपूर्ण र गोप्य ढंगले भएको खेलबारे श्रेष्ठले बल्ल भेउ पाए । उनले भनेकै विषय कांग्रेस नेता मानवहादुर विश्वकर्माले भनेका कुराहरुसंग मेल खान्छन् । विश्वकर्माले समेत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाको अति गोप्य योजनाको एमालेले भेउ नपाएको बताएका थिए । 
 
उनले सूचना चुहाउने दोस्रो तहका नेतालाई दाहाल देउवाले पछिल्लो योजनामा सामेल त गराएनन् गराएनन् । उनीहरुलाई सूचना सम्म गरेनन् । यद्यपि विश्वकर्माका अनुसार संसदमा पहिले अविश्वास प्रस्ताव नै प्रवेश गर्ने बताएका छन् । त्यसो नभए कांग्रेस माओवादीले बजेट नै फेल गराउन सक्ने तयारी गरिसकेको उनको भनाई छ । 
 
सभामुखलाई सुरुमै माफि माग्न लगाउँछौं 
सत्ताधारी एमालेले संसद बैठकको सुरुमै माफि माग्न लगाउने बताएको छ । सचिव श्रेष्ठले भने, ‘सभामुखलाई सुरुमै हामी कार्यसूचीमा रहेको एजेण्डा खै भन्नेर सोध्छौं । त्यसको जवाफपछि उहाँलाई माफि माग्न लगाउँछौं ।’ हामी उहाँसंगै पहिलो प्रतिवाद गर्छौं । सरकारको को लाई जानकारी गराएर काम गर्नु भो ? स्वेच्छाचारी  संगले किन निर्णय गर्नु भो ? भनेर सोध्छौं–उनले भने ।
 
उहाँ पार्टीको कार्यकर्ता र गुरील्ला त होइन । सभामुखले नजानेर गल्ति गरे भनेर क्षमा याचना गरेपछि मात्रै अन्य विधेयकहरु निर्णयार्थ पेश गर्न पाउने छन् । उहाँले राजनीतिक सहमति नभए सूचना भए अनुरुप अविश्वास प्रस्ताव अघि बढाउने भनिसक्नु भो त ? जवाफमा श्रेष्ठले भने, ‘हो त्यही विषयमा संसदीय दलमा छलफ हुँदैछ । यदी त्यसो हो भने हामी अविश्वास प्रस्ताव च्यातेर फालिदिन्छौं । बलमिच्याँई गरे, प्रतिकार गर्छौं । पार्टीको निर्देशन त्यही छ । यद्यपि, सत्ताधारीले सदन रोक्ने र प्रतिकार गर्ने भन्ने विषय संसारमै पहिलो हुने अधिकांशको भनाई छ ।    
 
एमाले संसदीय दलको बैठक बस्यो 
संसदको गरिमा र सभामुखको कदम तथा प्रतिष्ठाबारे छलफल गर्न एमाले संसदीय दलको बैठक बसिरहेको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरमा जारी बैठकमा संसदमा प्रस्तुत हुने तयारीबारे छलफल भइरहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ