arrow

तनहुँमा ट्रकमा बस, जीपमा भ्यान ठोक्कियो, ३ को मृत्यु

logo
प्रकाशित २०७३ साउन ५ बुधबार
Tanahu-hamrakura.jpg.jpeg
तनहुँ । तनहुमा छुट्टा छुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । जिल्लाको जामुने गाविसमा भएको दुर्घटनामा दुईजना र घाँसीकुवा गाविसको कमलबारीमा भएको अर्को दुर्घटनामा एकजना गरी तीनजनाको मृत्यु भएको हाे  । 
 
पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग २ च २३०७ नम्बरको तरकारी बोक्ने भ्यान र विपरीत दिशाबाट आइरहेको ग १ ज ४३२५ नम्बरको ट्याक्सी जामुने–३ गुणादीमा ठोक्किदा स्याङ्जा अर्जुनचौपारी गाविस–४ का टयाक्सी चालक देउबहादुर थापा र सोही ट्याक्सीमा सवार व्यासनगरपालिका–५ का मना थापाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए । 
 
यस्तै, दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको ध १ ख ४९५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना १ ख ७९८४ नम्बरको ट्रक जिल्लाको घाँसीकुवा गाविस–३ कमलबारीमा ठोक्किँदा बस चालक गोरखा धुवाँकोट गाविसका दीपक नहर्कीको मृत्यु भएको छ । दुर्घटनामा बसमा सवार अन्य २० जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको दमौली अस्पताल र १७ जनाको रत्नहरि मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ