arrow

गच्छदारले देउवालाई भने सोच्न दिनुस्

logo
प्रकाशित २०७३ साउन ५ बुधबार
gachhadar-new-conve....jpg.jpeg
काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् । 
 
वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार संकटमा परेपछि गच्छदार देउवा निवास बुढानिलकण्ठ पुगेका हुन् । गच्छदारलाई देउवाले संसदमा दर्ता भएको अविश्वास प्रस्तावमा समर्थन गर्न र सरकार गठनमा सघाउन भनेका देउवाका सहयोगी भानु देउवाले बताए ।  
 
जवाफमा गच्छदारले दलीय सम्बन्धलाई कमजोर बनाउने आफ्नो मनसाय नभएकाले नयाँ सरकार गठनबारे सोच्ने समय दिन भने । उनले ओली सरकार संकटमा परेका बेला असमझ्दारी भन्दा सहमतिका साथ अघि बढौं भनेका छन् । गच्छदारले दलहरुबीचको एकता जरुरी रहेको सुनाए । उनले ओली सरकारको बहिर्गमनपछि मात्रै सरकारमा आउनेबारे सोच्ने बताए । 
 
गच्छदारले वर्तमान अहिलेको अवस्थामा सहमति गर्नु पर्दछ भने । यसअघि गच्छदारले माओवादी अध्यक्ष दाहालाई समेत निवासमै गएर भेटेका थिए । ओली सरकारले गच्छदारसंग गरेको ८ बुँदे सम्झौताका केही बुँदा अझै पूरा भएका छैनन् । उनी फेरि पनि सरकारमा सामेल हुन सक्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ