arrow

न्यूकासलमा साउदी कोषको स्वामित्व, फ्यानले गरे उत्सव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २२ शुक्रबार
newcastle-united-fans.JPG

काठमाडौं । इङ्गलिश प्रिमियर क्लब न्यूकासल युनाइटेडलाई साउदी अरेबिया कोषले किनेको छ । साउदी कोषले ३०५ मिलियन पाउन्डमा न्यूकासलको स्वामित्व लिएसँगै न्यूकासलका फ्यानहरुले उत्सव नै मनाएका छन् । 

१४ वर्षसम्म फ्लप मालिक माइक एश्लेले चलाइरहेको न्यूकासल अस्तव्यस्त भइसकेको थियो । उनले क्लब सम्हाल्न त सकेका थिएनन् नै सबैको आलोचनासमेत खेप्न वाध्य थिए । 

बिहीबार क्लबको स्वामित्व सर्तसहित साउदी कोषले किनेपछि अब क्बल सशक्त बन्ने अपेक्षा गरिएको छ । क्लबले चर्चित खेलाडीहरुलाई किनेर अब्बल क्लब बनाउनका लागि मेहनत गर्ने विश्वास गरिएको छ । 

साउदी कोषले खरिद गरेको खबर बिहीबार सुनिश्चित भएपछि न्यूकासलका फ्यानहरु सयौंको संख्यामा फ्यानहरुसेन्ट जेम्स पार्क बाहिर भेला भएर खुशीयाली मनाएका छन् । 

कसको कति स्वामित्व ? 
न्यूकासलमा साउदी कोषको ८० प्रतिशत स्वामित्व रहने छ । 

आमान्डा स्टेभेलीको १० प्रतिशत स्वामित्व रहने छ । 

त्यस्तै रुबेन ब्रोदर्सको नाममा १० प्रतिशत स्वामित्व रहने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ