arrow

माथेमा आयोगको प्रतिवेदन ४८ घण्टाभित्र भङ्ग गर्न माग

logo
प्रकाशित २०७३ साउन ५ बुधबार
deuba--altimetam.jpg.jpeg
काठमाडौं । माथेमा आयोग र त्यसले बुझाएको प्रतिवेदन ४८ घण्टाभित्र भगं गर्न आइओएमका विद्यार्थीहरुले सरकार र पार्टीका शीर्ष नेताहरुलाई चेतावनी दिएका छन् । गोविन्द केसीको अनसनलाई समर्थन गर्दै सडकमा उत्रेका आइओएमका विद्यार्थीहरुले यसपटक उनको विरोध गर्दै यस्तो चेतावनी दिएका हुन् ।
 
माथेमा आयोगले सरकारलाई विगतमा बुझाएको प्रतिवेदन पुरै अपारदर्शी र मेडिकल शिक्षा र स्वास्थ्यलाई धरासायी बनाउने किसिमको रहेको र सिट कटौतिले विद्यार्थी समस्यामा परेको भन्दै त्यस्तो समिति र प्रतिवेदन भगंगर्न ४८ घण्टे अल्टिमेटम दिएको हो । 
 
आइओएम मधेशी विद्यार्थी समाजले माथेमा आयोग र त्यसले बुझाएको प्रतिवेदन भंग गर्न ४८ घण्टाको अल्टिमेटमसहित विभिन्न राजनीतिक दलका सभापति तथा समिति सभापतिहरुलाई ज्ञापन पत्र बुझाएका छन् । आज दिउसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिकी सभापति रञ्जु झालाई ज्ञापन पत्र बुझाउदै विद्यार्थीले समिति र प्रतिवेदन भंग गर्न ४८ घण्टाको अल्टिमेटम दिएका हुन् । उनीहरुले समिति पूर्ण रुपमा पारदर्शी नभएको आरोप लगाएका छन् । 
 
विद्यार्थीहरुको ज्ञापन पत्र बुझ्दै सभापति देउवाले माथेमा आयोगले बुझाएको प्रतिवेदन र समितिका बारेमा छलफल गर्ने बताए । संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिकी सभापति रञ्जु झाले गोविन्द केसीको अनसनको कुनै तुक नरहेको बताइन् । उनले विगतको प्रतिवेदन लागु नहुने भन्दै पूर्ण अध्ययन अनुसन्धानबाट मात्रै अगाडि बढ्ने उल्लेख गरिन् । 
 
आइओएम मधेशी विद्यार्थी समाजका अध्यक्ष डाक्टर विनय पञ्जियारको नेतृत्वमा गएका विद्यार्थीहरुले केसीको अनसनै पिच्छे माग फेरीनुले अब विद्यार्थीमा शंका पैदा भएको बताएका छन् । विद्यार्थीहरुले माथेमा आयोगले बुझाएको प्रतिवेदनमा मधेसी, आदिवासी, जनजाति, दलित, थारु, मस्लिम लगायतका हितमा नभएको भन्दै पुर्ण खारेजीको माग गरेका छन् । 
 
विकेन्द्रित बनाउन खोजिएको राज्य व्यवस्थालाई केसीको अनाहक अनसनले  झन केन्द्रीकृत गर्न खोर्जीएको देखिन आउदा यसमा थप छलफल आवश्यक रहको ठहर विज्ञप्तीमा भनिएको छ । सिटक कटौंति छात्रबृद्धि र प्रतिवेदन भंग नगरिए तत्काल पत्रकार सम्मेलन गरी कडा आन्दोलन गर्ने अध्यक्ष पञ्जियारले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ