arrow

पीपुल्स च्वाइसमा परेकी प्रतिभालाई सहयोग गर्नेको ओइरो, ४ लाख ५० हजार नाग्यो

logo
प्रकाशित २०७३ साउन ५ बुधबार
pratibha-mali-new.jpg.jpeg
काठमाडौं । पल्सर स्पोर्टस अवार्ड अन्र्तगतको पीपुल्स च्वाइस विधाको मनोनयनमा परेकी भलिबल खेलाडी प्रतिभा मालीलाई जिताउन विदेशमा बस्ने खेलाडी तथा सुभचिन्तक, नेपाल भलिबल संघ, भलिबल प्रेमीको सहयोगबाट सकलन रकम ४ लाख ५० हजार नाघेको छ ।
 
अमेरीकामा बसोबास गर्ने भलिबलका राष्ट्रिय खेलाडीद्धय राम श्रेष्ठ र रमिला तण्डुकारको पहलमा रोमन श्रेष्ठ, कैलास भट्लगायतले अमेरिकाबाट १ लाख ४० हजार ५ सय ५५ रुपैंया पठाएका छन् । 
 
त्यस्तै अष्ट्रेलियाबाट भलिबलका राष्ट्रिय खेलाडी खेम पूर्जा, सञ्जु पूर्जा, मुक्तिलगायतले नगद ५६ हजार एसएमएस सहयोगका लागि पठाएका छन् । दुवैमा बस्दै आएका दुर्गालाल कडेलबाट पनि नगद १० हजार सहयोग गरेका छन् । 
 
महिला भलिबलकी नेपाली टिमकी उप–कप्तान मञ्जु गुरुङले प्रतिभा मालीलाई सहयोग रकम नगद २ लाख ६ हजार ५ सय ५५ वुधबार हस्तान्तरण गरिन् । सो अवसरमा गुरुङले शुभकामना दिदै भनिन्–हामी भलिबल खेलाडी हौ, भलिबलप्रति सहनुभूती जानु स्वभाविक हो ।
 
पल्सर स्पोर्टस अवार्डको  मनोनयनमा पर्नु नै जित हो, त्यसैले पल्सर स्पोर्टस अवार्डमा खेलाडी, प्रशिक्षक र  खेल कर्मी कसैले हार्ने छैनन् । सहयोग रकम ग्रहण गदै मालीले भनिन्–सहयोग जुटाउने सम्पूर्ण संघ–संस्था तथा व्यतित्व प्रति आभार ब्यक्त गर्दछु ।
 
न्यूडायमण्ड एकेडेमीका प्रिन्सिपल प्रतिभा मालीका गुरु कुमार राईले प्रतिभालाई जिताउन भलिबल पे्रमीबाट ४ लाख ५० हजार माथीको रकम प्राप्त भइसकेको जानकारी गराए । पीपुल्स च्वाइसको मनोनयनमा भलिबलकी प्रतिभा मालीसँगै फुटबलका नवयुग श्रेष्ठ, क्रिकेटका सन्दिप लामिछाने, टेवल टेनिसकी नवीता श्रेष्ठ र भारत्तोलनकी तारादेवी पुन छन् । 
 
पीपुल्स च्वाइसको अवार्ड एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा छनोट गरिनेछ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने १२ औं संस्करणको स्पोर्टस अवार्ड घाषेणा विहिबार हुदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ