arrow

एकै परिवारका तीन जनालाई खुकुरी हानी फरार भएका मनोज पक्राउ

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ साउन ५ बुधबार
khukuri-wala-manoj.jpg.jpeg
पाँचथर । एकै परिवारका तिन ३ जनालाई खुकुरी प्रहार गरी फरार भएका पाँचथर फिदीम २ बस्ने १९ वर्षीय मनोज तुम्बापो पक्राउ परेका छन् ।
 
घट्ना पश्चात फरार भएका अभियुक्तलाई जिल्ला नाकाबन्दी गरी खोजतलास गर्न जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको टोलिले पाँचथर र तेह्रथुम जिल्लाको सिमानामा पर्ने सिम्लेबाट घटनामा प्रयोग भएको १ थान खुकुरी सहित लुकिछिपि हिंड्दै गरेको अवस्थामा  पक्राउ गरेको हो । पाँचथर जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्धाको म्याद थप अनुमति प्रहरीले उनीबारे अनुसन्धान गरिरहेको छ ।
 
साउन ४ गते राती छिमेकिको घरमा क्रियापुत्री रुङ्न गएका मनोज र सोही कामको लागी गएका देवराज ईवाबीच विवाद भएपछि ईवा आफ्नो घरतर्फ लागेका थिए भने मनोज उनको घरसम्म पिछा गर्दै गई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट घाईते भएको देखि छुट्याउन आएका ईवाका १८ वर्षीय छोरा आइन्द्र बिक्रम ईवा र ३० वर्षीय छोरी सावित्रा ईवा ससमेतलाई अन्दाधुन्द खुकुरी प्रहार गरी मनोज फरार भएका थिए ।
 
सो घटनामा घाईते भएका तीनै जनालाई उपचारको लागी अस्पताल लैजादै गर्दा देवराज ईवाको बाटैमा मृत्यु भएको भएको थियो भने अन्य २ जनाको धरान स्थित घोपामा उपचार भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ