arrow

रोनाल्डो र मेस्सी बालोन डी ओरको मनोनयनमा, यी ३० जना परे  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २३ शनिबार
messi-ronaldo1.jpg
तस्वीर–फाइल ।

काठमाडौं । फुटबलको चर्चित पुरस्कार बालोन डी ओरको खेलाडी मनोनयन सार्वजनिक भएको छ । फ्रेन्च फुटबलले दिने उक्त अवार्डको शुक्रबार मनोनयनमा परेका ३० जना खेलाडीको सूची सार्वजनिक गरेको हो ।

सूचीमा अर्जेन्टाइन खेलाडी लियोनल मेस्सी, पोचुगिच खेलाडी क्रिष्टियानो रोनाल्डो, फ्रेन्च स्टार केलियन एम्बाप्पे रहेका छन् । त्यस्तै नेयमार, रोबर्ट लेवान्डोस्की, योर्गिन्हो,  करिम बेन्जिमा, केभिन डी ब्रुने लगायतका खेलाडी ३० जनामा अटाएका छन् ।

त्यस्तै रोमेलु लुकाकु, लुइस सुवारेज, मो शलाह, पेड्री, मासन माउन्ट, जेरार्ड मोरेनो, लुका मोड्रिक, कौटारो मार्टिनेज, रियाद महारेज, रोबर्ट लेवान्डोस्की पनि परेका छन् । 

त्यस्तै मनोनयनमा सिमोन जाएर, एनगोलो काँटे, ह्यारी केन, आर्लिङ हालान्ड, फिल फोडेन, ब्रुनो फर्नान्डेज, जियानलुइगी र रुबेन डायस, सेसार अजपिलिक्वेटा, निकोलो बारेल्ला, लियोनार्दो बोनुची र जिरोगियो चेलिनी परेका छन् । 

मनोनयनमा परेमध्ये  एक जनालाई आगामी नोभेम्बर २९ मा फ्रान्सको राजधानी पेरिसमा विजेताको घोषणा गरिने छ । 

राष्ट्रिय टिमका कप्तान र प्रशिक्षकसँगै पत्रकारहरुले गरेको भोटको आधारमा विजेता घोषणा हुनेछ । यसपालि अर्जेन्टिनालाई जिताएका मेस्सीको सम्भावना प्रबल छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ