arrow

बैतडीमा राष्ट्रिय जनगणनामा तीन हजार परिवार बढे

logo
रासस,
प्रकाशित २०७८ असोज २३ शनिबार
Census-Farwest-province-sud.jpg
फाइल तस्बिर

बैतडी। राष्ट्रिय जनगणना २०७८ को पहिलो चरण अन्तर्गत जिल्लामा घर तथा घरपरिवार सूचीकरणमा तीन हजार बढी परिवार थपिएका छन्। पहिलो चरणको प्रारम्भिक प्रतिवेदन अनुसार ४८ हजार ८६७ घरधुरी अनलाइनमा दर्ता भएका जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए।

विसं २०६८ को जनगणनामा यहाँ ४५ हजार परिवार थियो। उनले भने, “पहिलो चरणको प्रारम्भिक रिपोर्ट अनुसार तीन हजार ८६७ परिवार थपिएका छन्, केही ठाउँको तथ्याङ्क अनलाइनमा समावेश गर्न बाँकी रहेकाले यो सङ्ख्या अझै बढ्न सक्छ।”

केन्द्रीय तथ्याङ्क विभागले जिल्लामा ५० हजार परिवार रहेको हुनसक्ने अनुमान गरेको र त्यसैको हाराहारीमा परिवार सङ्ख्या पुग्ने जिल्ला जनगणना कार्यालयले जनाएको छ।

भदौ ३० गतेदेखि असोज १८ सम्म सञ्चालन भएको जनगणनाको पहिलो चरणअन्तर्गत सुपरिवेक्षकहरू खटाएर घरपरिवारको सूचीकरण गरिएको थियो। जिल्लामा घरपरिवार सूचीकरणका लागि ८० सुपरिवेक्षक परिचालित थिए।

मूल जनगणना कार्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ। यसका लागि ३१५ गणक खटाइने तयारी भएको छ। विसं २०६८ को जनगणनाअनुसार जिल्लाको जनसङ्ख्या दुई लाख ५० हजार ८९८ रहेकामा ४५ हजार परिवार सङ्ख्या पुगेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ