arrow

मर्छु भन्ने जान्दाजान्दै कर्णले दिए कुण्डल र कवच

logo
महाभारत,
प्रकाशित २०७८ असोज २४ आइतबार
karna-indra.jpg

काठमाडौँ ।  महाभारतको वन पर्वका अनुसार पाण्डवहरूले वनवासको १२ वर्ष पूरा गरेका थिए र अज्ञात वासको सुरुवात भएको थियो । देवराज इन्द्र पाण्डवहरूको लाभ चाहन्थे । 

यस कारण उनी कर्णसँग उनको कवच र कुण्डल दानमा माग्ने वाला थिए । सो कुरा कर्णका पिता भगवान् सूर्यलाई थाहा थियो । कुण्डल र कवच रहुन्जेल कर्णलाई हराउन सकिँदैन भन्ने कुरा पाण्डव र कृष्णलाई राम्रोसँग थाहा थियो ।

आफ्नो  छोराको भलाइको लागि सूर्य कर्णसँग यस कुराको सावधान गर्न चाहन्थे। कर्ण ब्राह्मणहरूको सेवा गरेर सुतिरहेका थिए । तब भगवान् सूर्य ब्राह्मणको रूप धारण गरेर कर्णको सपनामा आए ।

उनले सपनामा इन्द्रद्वारा कवच र कुण्डल दान माग्ने कुरा बताएका थिए । उनी जान्दथे कर्ण दानवीर छन् । उनी मागेको कुनै पनि दान अवश्य दिनेछन् । यस कारण उनले इन्द्रसँग कवच र कुण्डलको बदलामा एक अमोघ शक्ति माग्नलाई भनेका थिए । 

आफ्नो बुवाले भनेपछि कर्णले सोही अनुसार गरे । युद्धमा उनले इन्द्रसङ्ँग मागेको शक्तिबाट घटोत्कचको वध गरेका थिए ।



नयाँ