arrow

डल्लुमा बिहानै एक स्कुल बसमाथि आगजनी

logo
प्रकाशित २०७३ साउन ६ बिहिबार
bus-jalyeko.jpg.jpeg
काठमाडौं । काठमाडौंको डल्लुमा एक विद्यालयको बसमा अज्ञात समूहले आगजनी गरेको छ । विद्यार्थी बोकेको आइडल मोडलको बसबाट विद्यार्थी ओरालेर आगजनी भएको प्रहरीले जनाएको छ ।
 
बा २ क ४६९ नम्बरको बसमा तीन जनाको अज्ञात समूहले आगजनी गरेको जनाइएको छ । आगजनीबाट बस पूर्ण रुपमा जलेको छ ।  
 
बिहान ६.३० बजे अज्ञात समूहले पेट्रोल छर्केर आगजनी भएको हो ।
 
घटनाको जिम्मा कसैले लिएको छैन ।
 
त्यस्तै प्रहरीले कसैलाई पनि अहिलेसम्म पक्राउ गर्न सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ