arrow

डिसहोम फाइबरनेट सेवा भरतपुर र गैँडाकोटमा विस्तार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २५ सोमबार
dishhome-internet-chitwan.jpg

काठमाडौँ। देशको विभिन्न स्थानमा डिसहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरी सकेको छ। नेपालभर पुग्ने लक्ष्य लिएको डिसहोम फाइबरनेट हालै भरतपुर महानगरपालिका, रत्न नगर नगरपालिका, खैरहनी नगरपालिका र गैँडाकोटमा पुगेको जानकारी बिक्री प्रबन्धक मनोज शर्माले बताए।

नेपालका प्रमुख सहर काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिबास, बुटवल, वीरगन्ज ,धरान, जनकपूर, बिर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, कलैया, लाहान ,भैरहवा पनौती, पोखरा र विराटनगर लगायत अन्य स्थानमा पुगिसकेको छ। छिटै नेपालगन्ज र धनगढीमा पनि पुग्ने कम्पनीले जनाएको छ।

अव ग्राहकहरूलाई उत्कृष्ट तथा उच्च गतिको इन्टरनेट सबै भन्दा कम मूल्यमा डिसहोम फाईबरनेटले प्रदान गर्ने भएको छ। ग्राहकहरूले मासिक मात्र रु ८९९ मानै १०० एमबिपिएस इन्टरनेटको मज्जा ५ जी ड्युल ब्यान्ड राउटरको साथमा लिन सकिने छ।

अहिले नेपालीहरूको घर आँगनमा चाड पर्वको मौसम छाई सकेको छ, यो रमाइलो पर्वको मौसम थप खुसीयाली र उत्साह थप्न डिसहोम फाईवरनेटले “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना सञ्चालन गरेको छ। २०७८ असोज ११ गते देखि लानुहुने यो योजना अन्तरगत डिशहोम फाईवरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरू स्पेन घुम्न जान पाउने छन्।

स्पेन जाने चार भाग्यशाली विजेताहरूको छनौट लक्की ड्र मार्फत गरिने छ। लक्की ड्रको प्रत्यक्ष प्रसारण रमाइलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिसहोमको अन्य च्यानलहरूमा हुने छ।

डिसहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा वा नजिकैको डिशहोम डिलरलाई सम्पर्क गरी जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।



नयाँ