arrow

पल्सर स्पोर्टस् अवार्ड हुँदै

logo
प्रकाशित २०७३ साउन ६ बिहिबार
sprots.jpg.jpeg
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुँदै आएको बजाज पल्सर स्पोर्टस अवार्ड–२०७२ आज बिहीबार हुँदैछ । कमलादीस्थित प्रज्ञा भवनमा दिउँसो ३ बजेदेखि हुने स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पुरा भएकोे आयोजकले जनाएको छ ।
 
अवार्डमा पिपुल्स च्वाइस अवार्डसहित विभिन्न आठ विधामा अवार्ड वितरण गरिन्छ । २०७२ सालमा हात पारेको उपलब्धिको आधारमा हुने बर्षका उत्कृष्ट पुरुष खेलाडी, बर्षका उत्कृष्ट महिला खेलाडी, बर्षका उत्कृष्ट युवा खेलाडी, पारा एथ्लिट र बर्षका उत्कृष्ट प्रशिक्षक, एसएमएस भोटिङको आधारमा हुने पिपुल्स च्वाइस खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट गरी आठ विधामा अवार्ड दिइनेछ ।
 
उत्कृष्ट पुरुष, महिला र पिपुल्स च्वाइस अवार्डका विजेताले बजाज मोटरसाइकल पाउने छन् । त्यस्तै बर्षका उत्कृष्ट युवा खेलाडी, प्रशिक्षक, पारा एथलिट, स्पेशल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डको विजेतालाई जनही ५०–५० हजार रुपैयाँ दिइनेछ । 
 
अवार्ड विजेताहरुले डिस होमको सेटअप बक्स र १ बर्षको निशुल्क सुविधा तथा न्यू होराइजन कार्पेट पनि प्राप्त गर्नेछन् । मनोनयनमा परेका सबै खेलाडी÷प्रशिक्षकले टाइमेक्स घडी र आरजे स्पोर्ट्सको उपहार पाउने छन् ।
 
मञ्चले बर्षका उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी तथा प्रशिक्षक र पिपुल्स च्वाइस विधामा ५—५ जनाको मनोनयन यसअघि नै सार्वजनिक गरिसकेको छ ।
 
पारा एथ्लिट अवार्ड, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड भने आजै समारोहकै दिन प्रदान गरिने मञ्चले जनाएको छ ।
 
पिपुल्स च्वाइसको मनोनयनमा फुटबलका नवयुग श्रेष्ठ, क्रिकेटका सन्दिप लामिछाने, भलिबलकी प्रतिभा माली, टेवल टेनिसकी नबिता श्रेष्ठ र भारत्तोलनकी तारादेवी पुन परेकी छन् । 
 
यस्तै वर्षका उत्कृष्ट पुरुष खेलाडीमा फुटबलका नवयुग श्रेष्ठ र विकेश कुथु, भारोत्तोलनका विकास थापा, उसुका राजेश चौधरी, तेक्वान्दोको वीरबहादुर महरा मनोनयनमा परेका छन् । 
 
उत्कृष्ट महिला खेलाडीमा जुडोकी  फुपू ल्हामु खत्री, उसुकी नीमा घर्तीमगर, पौडीकी गौरिका सिंह, ट्रायथलनकी रोजा केसी, तेक्वान्दोकी रेजिना कार्की मनोनयनमा परेका छन् ।
 
युवा खेलाडीको मनोनयनमा उसुकी नीमा घर्तीमगर, पौडीकी गौरिका सिंह, क्रिकेटका सन्दिप लामिछाने, जुडोकी मनिता श्रेष्ठ प्रधान र फुटबलका अन्जन विष्ट छन् । 
 
यस्तै उत्कृष्ट प्रशिक्षकमा उसुका प्रकाश महर्जन, जुडोका दलबहादुर गुरुङ, क्रिकेटका जगत टमाटा र फुटबलबाट बालगोपाल महर्जन र राजुकाजी शाक्य मनोनयनमा परेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ