arrow

महिलालाई गाली गर्ने ट्रम्प, महिलाकै फ्यान

logo
प्रकाशित २०७३ साउन ६ बिहिबार
donald-trump.jpg.jpeg
काठमाडौं । अमेरिकाका राष्ट्रपतिमा उम्मेदवार ट्रम्पलाई महिलाहरू कुकुर, मोटो सुंगुर र घृणित जनावर भन्छन् । उनी पनि महिलालाई त्यति मन पराउँदैनन् । यति हुँदा पनि किन महिलाहरू ट्रम्पलाई मन पराउँछन् त ? 
 
TICKET PUNCHED: Donald Trump and Mike Pence are officially the Republican Party's nominees for November, and Pence accepted his slot with a warm and engaging speech Wednesday night
 
यो कुराको बहस खुवै भयो रिपब्लिकन पार्टीको राष्ट्रिय अधिवेशनमा । ट्रम्प रिपब्लिकन पार्टीको अधिवेशनबाट आसन्न राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवार बनेका छन् । 
 
उनी प्रायः महिलालाई मन पराउन्नन् । अझ विपक्षी डेमोक्रेटिक पार्टीकी राष्ट्रपतिकी उम्मेदवार हिलारी क्लिन्टनलाई उनले भएनभएका गाली दिइसके । 
 
अनुहार र स्वभावले पनि महिलाका नजरमा उनी कुकुरजस्ता छन् । त्यतिमात्र होइन मोटा अनि भद्दा लाग्ने ट्रम्पलाई भद्दा सुंगर भनेर बोलाउने कम छैनन् ।
READY: Trump and Pence could hit the campaign trail as soon as Friday morning in a furious bid to deny the Democratic National Convention its expected spotlight all next week
 
जब अरुको आलोचना गर्न थाल्छन् तब ट्रम्प हिंश्रक जनावरजस्तै लाग्छन् । यति हुँदा पनि उनलाई मन पराइनुको कारण चाहीं के रहेछ त ? 
 
 
पार्टीको राष्ट्रिय अधिवेशनमा पुरानी अधिवेशन प्रतिनिधि ५२ वर्षीया मेरी सुसान भन्छिन् – उनी होचा छन्, खुट्टा पनि साना छन्, उनी जस्ता भए पनि हाम्रो पार्टीको तर्फबाट उम्मेदवार बन्दैछन्, उनका कतिपय कुराले चि त्त पनि दुख्छ, तर उनी सुध्रिएलान् ।’
 
सुसान तीन बच्चाकी आमा हुन् । एकल अभिभावक पनि हुन् । उनलाई ट्रम्पले बोल्ने विश्वास बढाइदिएका छन् । त्यसैले पनि ट्रम्प उनलाई मन पर्छ । 
 
डोनाल्ड ट्रम्पले केटीहरुलाई निकै होच्याएर बोल्ने गरेको टेलिभिजनमा पनि देखाइएको थियो । एउटा टिभी रियालिटी शोमा त डोनाल्डले महिला स्पर्धीलाई किन राम्री नदेखिएकी भनेका थिए ।
 
उनले आफ्नो घुँडातिर झुक्न पनि अह्राए । महिलाले यदि गर्भपतन गर्ने हो भने तिनीहरुलाई सजाय दिनुपर्ने पनि उनको तर्क छ । 
 
एकपटक फक्स न्यूजकी सम्वाददाता मेगिन केलीले सोधिन् कि महिलाप्रति किन यस्तो हाउभाउ देखाएको ? तब उनले केलीलाई असभ्य भाषा बोले ‘..........’(जुन अंगबाट महिलाको रगत निस्कन्छ) ।
 
जेसुकै भए पनि १२३७ प्रतिनिधिले उनलाई छाने राष्ट्रपतिको उम्मेदवारमा । प्रतिनिधिमध्येकी एक सान्डी काडिङ्ले गर्लम्मै अंगालोसमेत मारिन् ।
 
उनले हफिङ्गन पोष्टलाई भनिन् –म चाहन्छु सबैले ट्रम्पलाई यसै गरुन् ।
 
हिलारीको प्रतिद्धन्द्धी धनाढ्य ट्रम्पको मुखबाट सकभर राम्रो कुरा निस्कदैन । तर पनि के उनले हिलारीलाई पछाडि पार्न सक्लान् त ?
 
एकथरी विष्लेषक भन्छन् –अमेरिकामा महिलाको स्थान केही बदलिएको छैन, अहिले पनि महिलाहरु पुरुषले मातहतमा छन् । त्यसैले होला ट्रम्पको हर्कत सजिलै पचाउँछन् । (एजेन्सी)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ