arrow

इङ्लिश फुटबल टिमका नयाँ कप्तान बन्दै अलार्डाइस

logo
प्रकाशित २०७३ साउन ६ बिहिबार
allardy.jpg.jpeg
 
लण्डन । इंङ्गलिस प्रिमियर क्लव सण्डरल्याण्डका प्रशिक्षक साम अलार्डाइस इङ्ल्याण्डको राष्ट्रिय फुटबल टोलीको नयाँ प्रशिक्षक बन्ने भएका छन् ।
 
युरोकप फुटबलमा इङ्ल्याण्डले सोचे अनुरुपको प्रदर्शन गर्न नसकेपछि तत्कालीन प्रशिक्षक रोय हज्सनले पदबाट राजीनामा दिएसंग रिक्त पदमा अलार्डाइसलाई इंङ्गलिस फुटबल संघ एफएले प्रशिक्षक बनाउन लागेको हो । 
 
 
विगत ९ महिनादेखि सण्डरल्याण्डको प्रशिक्षक रहेका ६१ वर्षीय अलार्डाइसले यसअघि वेष्टह्याम युनाइटेड, न्युकासल युनाइटेड र बोल्टन वान्डरर्सको पनि प्रशिक्षण समालेका थिए ।
 
तर अलार्डाइसले अहिलेसम्म कुनै पनि मुख्य उपाधि कुनै पनि टिमलाई दिलाउन सकेका छैनन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ