- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन सार्वजनिक गर्दै दूरसंचारका अध्यक्ष पुरुषोत्तम खनालले नेपालमा दूरसंचार क्षेत्रको विकास एवं विस्तारको लागि आवश्यक नियमल सम्बन्धी कार्य गर्न दूरसञ्चार ऐन, २०५३ बमोजिम गठित यस नेपाल दूरसञ्चार प्राधिकरणले आफुले सम्पादन गरका मुख्य मुख्य कार्यहरुलाई समेटी प्रत्येक वर्ष वार्यिक प्रतिवेदन तयार गरी नेपाल सरकार समक्ष पेश गरी सर्वसाधारणको जानकारीको लागि प्रकाशन गर्नु पर्ने कानूनी व्यवस्था रहे वमोजिम आर्थिक वर्ष २०७७–७८ मा प्राधिकरणबाट सम्पादित प्रमुख कार्यहरु सहितको वार्षिक प्रतिवेदन तयार गरी सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिएको बताएका छन् ।
आव २०७८ को असार मसान्तसम्म नेपालमा टेलीघनत्व १२९.८८ प्रतिशत र इन्टरनेट सेवाको घनत्व १०२.४० प्रतिशत रहेको उनले उल्लेख गरेका छन् । नेपालमा यस अवधिमा श्वाइस सेवा प्रद्वायक, इन्टरनेट सेवा प्रदायक, नेटवर्क सेवा प्रदायक गरी कुल जम्मा १९५ वटा अनुमतिपत्र प्राम व्यक्तिहरुबाट विभिन्न किसिमका दूरसञ्चार सेवा प्रदान भइरहेको उनले मन्तव्यमा उल्लेख गरेका छन् ।
कोभिङ १९ को महामारीबाट विश्व अर्थतन्त्र नै प्रभावित भएको र त्यसबाट दूरसञ्चार क्षेत्रलाई समेत प्रतिकुल असर परेको भए तापनि उक्त अवधिमा दूरसञ्चार तथा सूचना प्रविधिको क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको खनालको दाबी छ ।
यस प्रतिवेदन भित्र प्राधिकरणबाट सम्पादन गरिएका नियमन सम्बन्धी क्रियाकलापहरु, दूरसंचार सेवाको गुणस्तर, साइवर सुरक्षा सम्बन्धी गतिविधिहरु, ग्रामीण दूरसञ्चार परियोजना सम्बन्धी गतिविधिका साथै दूरसञ्चार क्षेत्रका चुनौतीहरुलाई समेत समावेश गरिएको उनले उल्लेख गरेका छन् ।
यस्तो छ आर्थिक वर्ष २०७७–७८ को १०५ पृष्ठ लामो वार्षिक प्रतिवेदन–