arrow

सभामुखसंगको छलफल निष्कर्षविहिन, संसद बैठक २ बजेलाई सारियो

logo
प्रकाशित २०७३ साउन ६ बिहिबार
Samsad-Bhawan.jpg.jpeg
काठमाडौं । समामुखसंगको छलफल निष्कर्षविहिन भएपछि संसद बैठक २ बजेका लागि सारिएको छ । बिहानै देखि सभामुखको कार्यकक्षमा भएको शीर्ष नेताहरुसंगको छलफलमा बैठकको कार्यसूची के राख्ने भन्ने विषयमा सहमति जुट्न नसकेपछि पुनः छलफल गर्ने गरी संसद बैठक २ बजेलाई सारिएको हो । 
 
सभामुख ओनसरी घर्तीले वुधबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठक समेत निर्णयविहिन भएपछि पुनः बिहान शीर्ष नेताहरुलाई डाकेर छलफल गरेकी हुन् । 
 
बैठकमा संसदको कार्यसूचीमा सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव अगाडी राख्ने कि नियमित अधिवेशनको कार्यसूचीमा रहेका आर्थिक विधेयक राख्ने भन्ने विषयमा सहमति गरेर बैठकको अन्योल हटाउने तयारी थियो । फेरि पनि दलहरुको आ–आफ्नै अडानले त्यस विषयमा सहमति जुट्न सकेन । सभामुख घर्तीको कार्यकक्ष सिंहदरबारमा बसेको बैठक फेरि १ बजे छलफल गर्ने गरी टुंगिएको घर्तीका प्रेस सल्लाहकार वविन शर्माले जानकारी दिए । 
 
सभामुख घर्तिले गत असार २९ र ३१ गतेको संसद वैठकको कार्यसूचीमा रहेका आर्थिक विधेयक हटाएर संसदमा दर्ता भएको अविश्वास प्रस्तावलाई सूचीमा राखेर सूचना जारी गरेपछि समस्या सिर्जना भएको हो ।
 
संसद बैठकमा कांग्रेस–माओवादीले अविश्वास प्रस्तावमा छलफल गरेर मात्रै विधेयकमा जानु पर्ने अडान राखेका छन् भने, सत्ताधारी एमाललेले पहिले विधेयक पास गरेर मात्रै अविश्वास प्रस्तावमा छलफल हुनु पर्ने जिकिर गर्दै आएको छ । जसले संसद बैठकको कार्यसूची निर्धारणमा समस्या सिर्जना गरेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ