arrow

पार्टीका ह्वीप र जुहारी

हालसम्म सबै भन्दा बढी सदन अवरुद्ध गर्ने पार्टी एमाले

logo
प्रकाशित २०७३ साउन ६ बिहिबार
dalharu-new-aa.jpg.jpeg
काठमाडौं । कांग्रेस संसदीय दलको बैठकले अविश्वास प्रस्ताव पहिले टुंगिनु पर्नेमा जोड दिँदै आफ्ना सांसदलाई संसदमा अनिवार्य उपस्थितिको ह्वीप जारी गरेको छ । विहान संसदीय दलको कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
 
उसले पहिले अविश्वास प्रस्तावनै कार्यसूचीमा आउनु पर्ने र नभए आफुहरुलाई मान्य नहुने बताएको छ । व्यवस्थापिका संसदको सबै भन्दा ठूलो दल कांग्रेसले संसारको नियम पहिले अविश्वास प्रस्ताव नै पारित गर्नु पर्ने रहेको जिकिर गरेको छ । 
 
यस्तै, सरकार परीवर्तनमा जोड गरेर लागेका माओवादी केन्द्रले समेत पहिले अविश्वास प्रस्ताव पारित हुनु पर्ने अडान राख्दै आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरी सकेको छ ।
 
यता, सत्ताधारी एमालेले अविश्वास प्रस्ताव पहिले आए संसद नै रोक्ने चेतावनी दिँदै आफ्ना सांसदहरुलाई प्रतिकार गर्न समेत पछि नपर्ने गरी तयारीका साथ अनिवार्य उपस्थित हुन ह्वीप लगाएको छ ।
 
एमालेले पहिले सकारले ल्याएको बजेटका आश्रीत विधेयकहरु पास गर्नु पर्ने र त्यसपछि मात्रै अविश्वास प्रस्तावमा छलफल हुने अडान राख्दै आएको छ । यति सम्मकी एमाले आफैले संसद अवरुछ पार्ने सम्मको चेतावनी दिएको छ । वुधबार बेलुकी बसेको एमाले संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । 
 
यसअघि विगतका अभ्यास अनुसार भने पहिले अश्विास प्रस्ताव पारित भएपछि मात्रै अन्य काम कारबाही भएको छ । यस्तै हालसम्म सबै भन्दा बढी सदन अवरुद्ध गर्ने पार्टी समेत एमाले रहेको ठहर छ । माओवादी सांसद रामनारायण विडारीले एमालेले विगतमा ४९ दिन सम्म सदन अवरुद्ध पारेको बताए । उनका अनुसार एमाले नै सबै भन्दा लोमो समय सदन अवरुद्ध गर्ने पहिलो दल हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ