arrow

ओइरीँदै केसीका समर्थक : मुखमा कालोपट्टी बाँधेका सांसदको मौन प्रदर्शन

logo
प्रकाशित २०७३ साउन ६ बिहिबार
kc-ka-sansad.jpg.jpeg
काठमाडौ ।चिकित्सा क्षेत्रको विकृति अन्त्यका लागि आमरण अनसनरत डा.गोविन्द केसीको समर्थनमा संसद भवन अगाडी मौन प्रदर्शन भएको छ । 
 
व्यवस्थापिका संसदको व्यवस्था अनुरुप रहेको ६ सय १ जना सांसदको संख्यालाई मध्येनजर गरी उनीहरुले देखाएको मौनतालाई घोच्न ‘६ सय १ जनाको मौन प्रदर्शन’ भएको हो । विरोधको ब्यानर नै ६ सय १ जनाको मौन प्रदर्शन राखिएको थियो ।
 
परिरहेको पानीको प्रवाह नगरी ‘म सांसद हुँ’ लेखिएको प्लेकार्ड छातीमा झुण्ड्याएर मुखमा कालोपट्टी बाँधेका युवा लामवद्ध थिए । प्रहरीले उनीहरुलाई निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन काँडे बार र पानीको फोहरा तयार गरेर राखेको थियो ।   
लामवद्ध युवाले डा.केसीका माँगहरु जायज भएकाले सरिक भएको बताका छन् ।
 
उनीहरुले सत्याग्रहीको अनशनप्रतिको बेवास्ता देखेपछि झरीकै बीचमा समेत आफुहरु प्रदर्शनमा सरिक भएको बताए । ६ सय १ को मौन प्रदर्शनमा सुरुवातमा त्यति उपस्थिति नदेखिएपनि पछि संख्या निकै वाक्लिँदै गयो । धर्नामा चिकित्सक, विद्यार्थी, चिनिएका लेखकलगायत विभिन्न क्षेत्रका व्यक्तिहरु सहभागी रहे । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ