arrow

‘नेताहरु बाहिर-भित्र मात्रै गरिरहेका छन्, अनुहार हेर्दा केही गर्लान् जस्तो छैन’

संसद बैठक सर्ने प्रवल सम्भावना

logo
प्रकाशित २०७३ साउन ६ बिहिबार
Samsad-Bhawan.jpg.jpeg
काठमाडौं । अनिश्चत संसद बैठक बसाउनेबारे सहमति खोज्न शीर्ष दलहरु छलफलमा छन् । ससद भवन नयाँ बानेश्वरमा जारी बैठकमा दलका नेताहरुले संसदको कार्यसूची पहिले केलाई बनाउने भन्नेबारे छलफल गरिरहेका छन् ।
 
यद्यपि, उनीहरुबीचको छलफल कुनै टुंगोमा पुग्ने लक्षण देखिएको छैन । फेरि पनि संसद बैठक सर्ने सम्भावना छ । माओवादी केन्द्रका एक सांसदले भने, ‘नेताहरु बाहिर भित्र मात्रै गरिरहेका छन् । अनुहार हेर्दा केही गर्लान् जस्तो छैन । सहमति गर्ने कुनै लक्षण देखिएको छैन ।’ संसद बैठक बस्न केही मिनेट मात्रै बाँकी रहँदा दलका नेताहरुले खासै प्रगति गरेका छैनन् । 
 
यस्तै, कांग्रेस सांसल शंकर भण्डारीले अहिले सम्म सहमति हुने कुनै लक्षण नदेखिएको बताए । उनले भने, ‘समहतिका नाउमा कुनै प्रगति भए जस्तो लाग्दैन । सहमति विना नै बैठक बस्नेबारे भने भन्न सकिँदैन । हामी ठिङ्ग उभिएको निकै समय भइसक्यो ।’ खै के होला र ? यसअघि विहान सभामुख ओनसरी घर्तीले बोलाएको बैठकको समय समेत दलहरुले व्यर्थै गुजारेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ