arrow

‘संसदमा भिडन्त हुन्छ भन्नु सबैले हाँस्ने कुरा हो’

logo
प्रकाशित २०७३ साउन ६ बिहिबार
Samsad-Bhawan.jpg.jpeg
काठमाडौं । संसदको कार्यसूचीको विषय टुंगिन नसक्दा संसद बैठक अझै सुरु हुन सकेको छैन । व्यवस्थापिका संसद भवनमा शीर्ष दलका नेताहरु छलफलमै छन् । 
 
वुधबारबाट सुरु भएको दलहरुको परामर्श अझै निचोडमा पुगेको छनैन । सवै दलले सांसदहरुलाई अनिवार्य उपस्थित हुन भनेपछि संसद भवनमा सांसदहरुको भीड जम्मा भएको छ । भित्र शीर्ष दलका नेताहरुले छलफल जारी राखेका छन् ।
 
दलका नेताहरुले आ–आफ्नो अडान छोडेका छैनन् । प्रधानमन्त्री केपी ओलीले संसदको कार्यसूची पूर्व निर्धारित तालिका अनुसार हुनु पर्ने अडान कायम राखेका छन् । 
 
एमाले सांसद गोकर्ण विष्टले सरकार परिवर्तन सामान्य भएको र राजश्व उठाउने विषय प्रमुख भएको भन्दै पहिले विधेयकलाई प्राथमिकता दिनु पर्ने बताए । उनले कांग्रेस माओवादीले आफुले भनेको मान्नु पर्ने सुनाए । 
 
उता माओवादी सांसद राम कार्कीले भने, ‘संसारको प्रजातान्त्रिक मान्यता  अविश्वास प्रस्ताव दर्ता भइसकेपछि सोही विषय टुंग्याउनु पर्छ भन्ने छ । हामी संसारले मान्दै आएको प्रजातान्त्रिक मान्यता विपरीत कसरी जान सक्छौं ।’ अब मुठभेड स्थिति आएन त ? जवाफमा उनले भने, ‘भिडन्त हुन्छ भन्नु सबैले हाँस्ने कुरा हो ।
 
प्रधानमन्त्रीले कुन पद्दतीको कुरा गर्दै हुनुहुन्छ थाहा छैन । अब शीर्ष नेताहरुले जुक्ति निकाल्नु हुन्छ । यस्तै, संसदमा अप्रिय घटना हुन नदिन मर्यादापालकको संख्या समेत बढाईएको छ । बाहिर समेत सुरक्षा सतर्कता बढाईएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ