arrow

संसद बैठक बस्दै नबसी स्थगित, शुक्रबार २ बजे बस्ने

logo
प्रकाशित २०७३ साउन ६ बिहिबार
Samsad-bhawan2.jpg.jpeg
काठमाडौं । व्यवस्थापिका संसद बैठक बस्दै नबसी स्थगित भएको छ । विहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो २ बजे सारिएकामा बस्न नसकेपटि सूचना टाँस गरी स्थिगित भएको हो । बैठक शुक्रबार दिउँसो २ बजे बस्ने छ । 
 
शीर्ष दलहरुबीच संसद बैठमा पहिले आर्थिक विधेयक वा अविश्वास प्रस्ताव कार्यसूचीमा राख्ने भन्ने विषयमा सहमति जुट्न नसक्दा बैठक अनिश्चित बनेको हो । सभामुख ओनसरी घर्तीले वुधबार देखि दलका नेताहरुसंग परामर्श जारी राखेपनि नेताहरुले आ–आफ्ना अडान नछोडेपछि सहमति जुट्न सकेन । दलका नेताहरुले सहमतिको थप प्रयास जारी राखेपनि मध्यमार्गी बाटो तय हुनेमा शंका छ । 
 
सत्ताधारी एमाललेले पहिले नियमित अधिवेशनको विधि अनुसार आर्थिक विधेयक पास गर्नु पर्ने अडान राखेको छ । यद्यपि, कांग्रेस माओवादीले सरकारले विश्वासको मत गुमाईसकेकाले पहिले अविश्वास प्रस्ताव पारित गर्नु पर्ने अडान राखेका छन् । 
 
उनीहरुले संसारको प्रजातान्त्रिक मान्यता अनुसार अघि बढ्नु पर्ने जिकिर गरेका छन् । प्रधानमन्त्री केपी ओलीले आर्थिक विधेयक पास भए पनि नभएपनि आफुलाई फरक नपर्ने तर्क गर्न थालेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ