arrow

डा गोविन्द केसीको पक्षमा गगन थापाको संसदमा विशेष प्रस्ताव (पत्र सहित)

logo
प्रकाशित २०७३ साउन ६ बिहिबार
gagan-thapa-new-FNL-p.jpg.jpeg
काठमाडौं। डा. गोविन्द केसीको पक्षमा नेपाली काँग्रेसका युवा नेता एवं सांसद् गगन थापाले संसद्मा जरूरी सार्वजनिक महत्वको स्रस्ताव दर्ता गराएका छन्। बिहीबार थापाले सांसद् श्याम श्रेष्ठको प्रस्ताव तथा धनराज गुरूङको समर्थनमा उक्त प्रंस्ताव दर्ता गरिएको थापाले जानकारी दिए।  
 
राष्ट्रिय महत्वका गम्भीर र संवेदनशील विषयमा डा. गोविन्द केसी विगत १२ दिनदेखि आमरण अनसनमा बसिरहेको भन्दै थापाले उठाएका विषयहरू सरकार र संसदसंग प्रत्यक्ष रुपमा जोडिएको भन्दै तीन सांसद्ले यस विषयमा अविलम्ब छलफल गर्न पनि माग गरेको छ। 
 
‘जनसरोकारका संवेदनशील र सार्वजनिक महत्वका विषय सदैव संसदको चासोको विषय बन्नुपर्दछ ।’ थापाले भने ‘आजदेखि संसद प्रारम्भ भएकोले डा.केसीले उठाएका विषय संसदमा अबिलम्ब छलफल हुनुपर्दछ भन्ने मान्यताका हामीले प्रस्ताव दर्ता गराएको छु । 
 
उनले जनसरोकारको संवेदनशील विषय र डा. केसीको जीवनरक्षालाई समेत मध्यनजर गर्दै सभामुखले यस विषयलाई बिशेष महत्व र गम्भिरताका साथ अबिलम्ब सदनमा छलफल गराउनेमा पनि विश्वास व्यक्त गरे । 
 
त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि उठेका प्रश्नहरूको छानविन,निरुपण र आवश्यक कारवाही अगाडि वढाउन आवश्यक छलफल गर्ने आधिकारिक समिति संसदको सुशासन तथा अनुगमन समितिमा अविलम्ब वैठक वसी छलफल गराउन ध्यानाकर्षण सहित सार्वजनिक महत्वको प्रस्ताव पेश गरेको पनि उनले जानकारी दिएका छन् ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ