arrow

दुई सय ६९ प्रहरी कारबाहीमा

logo
प्रकाशित २०७३ साउन ६ बिहिबार
police-man.jpg.jpeg
दाङ। आर्थिक वर्ष २०७२-७३मा राप्तीका पाँच जिल्लामा कार्यरत प्रहरी अधिकृतदेखि जवानसम्म गरी २५० बढी कारबाहीमा परेका छन्।
 
अञ्चल प्रहरी कार्यालय राप्तीका अनुसार एक वर्षको अवधिमा राप्तीका पाँच जिल्लामा गरी २६९ प्रहरी कारबाहीमा परेका हुन्। अञ्चल प्रहरी कार्यालय राप्तीले विभिन्न जिल्लामा कार्यरत प्रहरीले आचरण विपरीत गतिविधि गरेकाले कारबाही गरेको जनाएको छ।
 
अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक प्रेम चन्दले अञ्चलका २६९ प्रहरी आन्तरिक कारबाहीमा परेको र नौ जनालाई जागिरबाटै हटाइएको जानकारी दिए।
 
आचरण र प्रहरी ऐन नियम विपरीत काम गरेका नौ जनालाई जागिरबाटै हटाइएको र अन्यलाई विभिन्न प्रकारका कारबाही गरिएको चन्दले बताए। उनले नौ जनालाई जागिरबाट निकालिएको, चार जनाको पदोन्नति रोक्का गरेको, नौ जनाको पद घटुवा गरेको, १६२ जनाको ग्रेड रोक्का गरेको र आठ जनालाई चालचलनमा प्रतिकूल राय दिएको पाइएकाले कारबाही गरेको बताए।
 
त्यस्तो कारबाहीमा दुई जना प्रहरी निरीक्षक पनि परेको बताइएको छ। कारबाहीमा पर्ने अन्यमा सहायक निरीक्षकदेखि तल्लो दर्जाका रहेको चन्दले जानकारी दिए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ