arrow

नवयुग वर्षको उत्कष्ट पुरुष खेलाडी, पीपुल्स च्वाइसमा परिन् नविता

logo
प्रकाशित २०७३ साउन ६ बिहिबार
nawa.jpg.jpeg
काठमाडौ । नेपाली फुटबलका स्टार स्ट्राइकर नवयुग श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोटर्स अवार्डमा नवयुगले पुरुष उत्कृष्ट पुरुष खेलाडी विधाको अवार्ड थापेका हुन् । पीपुल्स च्वाइसको पाँच भित्र परेका नवयुगले उत्कृष्ठ पुरुष खेलाडीको अवार्ड पाएका हुन् । पीपुल्स च्वाइसको अवार्ड भने टेवल टेनिसकी नविता श्रेष्ठले थापिन् । 
 
नवयुगले नेपाल बंगलादेशमा भएको बंगबन्धु गोल्डप च्याम्पियन बन्दा र भारतमा भएको १२ औं सागमा स्वर्ण जित्दा उनले ह्याट्रिक गरेका थिए । उनी नै खेलको मुख्य आकर्षण थिए । 
 
वर्षको उत्कृष्ट युवा खेलाडी अन्जन 
यो वर्षको उत्कृष्ट युवा खेलाडी अन्जन विष्ट घोषित भएका छन् । खेलकुद पत्रकार मञ्चले प्रज्ञाप्रतिष्ठानमा आयोजना गरी वितरण गरेको अवार्डमा विष्टले वर्षको उत्कृष्ट युवा खेलाडी विधाको सम्मान थापेका हुन् । 
नेपालले २३ वर्षपछि साग फुटबलमा स्वर्ण जित्दा तथा यू–१९ साफ च्याम्पियनसिपको उपाधि जितेको समय उनी नेपाली टोलीका सदस्य रहेका थिए ।
 
अन्जनले आफ्नो टोलीलाई दुवै पटक उपाधि जिताउने क्रममा महत्वपुर्ण प्रदर्शन गरेका थिए । युवा उत्कृष्ट खेलाडी बन्ने क्रममा उनले क्रिकेटका सन्दिप लामिछाने, जुडोकी मनिता श्रेष्ठ प्रधान पौडीकी गौरिका सिंह र उसुकी नीमा घर्तीमगरलाई पछि पार्दै अर्वाड हात पारे । अन्जनले ५० हजार नगद हात पारे ।
 
कसलाई कुन अवार्ड ? 
स्पेशल अवार्ड अफ दी ईयर (स्वः लालित कृष्ण श्रेष्ठ
पाराएथलेट अफ दी ईयरमा  सिता भण्डारी
लाइफ टाइम एचिभमेन्ट अवार्डमा श्री राम रन्जितकार
वर्षको उत्कृष्ट प्रशिक्षक – बाल गोपाल महर्जन
पल्सर पीपुल्स च्वाइस अवार्डनबिता श्रेष्ठ– ’टेबल टेनिस’
टिम अफ दि इयर – राष्ट्रिय फुटबल टोली
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ