arrow

चेल्सी शीर्षमा, लिभरपुलको गोलको वर्षा, रोनाल्डोको टिम पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३१ आइतबार
chelsea-2021.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा चेल्सी शीर्ष स्थानमा कायमै रहन सफल भएको छ । शनिबार राति भएको खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई पराजित गर्दै शीर्ष स्थानलाई कायमै राखेको हो । 

चेल्सीले १–० गोल अन्तरको मात्र जित निकाल्यो । चेल्सीको जितमा बेन चिलवेलले निर्णायक गोल गरे । तीन अंक जोडेसँगै चेल्सी शीर्ष स्थानमा पुगेको हो । 

चेल्सीको ८ खेलबाट १९ अंक भएको छ । दोस्रो स्थानको लिभरपुलको ८ खेलबाट १८ अंक भएको छ । लिभरपुलले गोलको वर्षा गर्ने क्रममा शनिबार रातिको खेलमा वाटफोर्डलाई ५–० गोल अन्तरले हरायो । 

लिभरपुलका लागि फर्मिन्होले ह्याट्रिक गर्दा सादियो माने र मोहम्मद सलाहले १–१ गोल गरे । 

क्रिष्टियानो रोनाल्डो रहेको म्यानचेस्टर युनाइटेड भने पराजित भएको छ । युनाइटेड लेस्टर सिटीसँग ४–२ गोल अन्तरले पराजित भएको हो । खेलमा रोनााल्डोले गोलसमेत गर्न सकेनन् । 

अन्य खेलमा वुल्भरह्याम्पटन वान्डेरर्सले एस्टन भिल्लालाई ३–२ गोल अन्तरले हरायो । म्यानचेस्टर सिटीले बर्नलीलाई २–० गोल अन्तरले हरायो । 

नर्विच सिटी र ब्राइटनले गोलरहित बराबरी खेले । साउथह्याम्टनले लिड्स युनाइटेडलाई १–० गोल अन्तरले हरायो ।  

अंक तालिका
चेल्सी १९, लिभरपुल १८, म्यानचेस्टर सिटी १७, ब्राइटन १५, म्यानचेस्टर युनाइटेड १४, एभर्टन १४ अंकसहित पहिलोदेखि क्रमशः छैटौं स्थानमा रहेका छन् । न्यूकासल युनाइटेड ३, बर्नली ३ र नर्विच सिटी २ अंकसहित रेलिगेशन क्षेत्रमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ