arrow

निगमको साढे २ अर्बको निर्णय किन उल्ट्याए आपूर्ती सचिवले ?

logo
प्रकाशित २०७३ साउन ६ बिहिबार
Nepal-Oil-Negam.jpg.jpeg
काठमाडौं । अहिले नेपालमा आवश्यक पर्ने ग्यासको लागि कूल ५ सय ३० वटा ग्यास बुलेटले भारतबाट ग्यास ओसारिरहेका छन् । तर, नेपाल र नेपालीको नाममा अहिलेसम्म एउटा पनि ग्यास बुलेट नहुनु आफैंमा दुखद् कुरा त पक्कै पनि हो । 
 
अझ नौ महिना अगाडि भारत सरकारले संविधान जारी भएसँगै नेपालको नयाँ संविधान प्रति असन्तुष्टि जनाउँदै गरेको नाकाबन्दीको समयमा नेपालले सबैभन्दा बढी पीडा बेहोरेको थियो । आफ्नो ग्यास बुलेट नहुँदा अन्य मुलुकबाट ग्यास ल्याउन चाहेर पनि नसकिरहेको नेपाललाई आफ्नै ग्यास बुलेट किन्ने प्रस्तावमा मन्त्रालयको सचिवले नै रोक्न खोजेपछि भने नेपाल आयल निगमका अधिकारीहरू आश्चर्य चकित भएका छन् । 
 
आफ्नो बुलेट नहुँदाको पीडा बेहोरेको नेपाल आयल निगमले आन्तरिक छलफल गरी आपूर्ति मन्त्रालयमा पत्र पठायो । ३ सय ३२ वटा ग्यास बुलेट किन्नको लागि निजी ग्यास उद्योगीहरूलाई अनुमति दिनेगरी निगमले पठाएको पत्र एक्कासी बुधबार निगममा नै फर्किएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । तर सो विषयमा निगमले भने थप छलफल गरिनसकेको पनि जानकारी दिए । 
 
‘हामी त अचम्ममा परिरहेका छौं’ घिमिरेले भने ‘यसमा मन्त्रालयले रोकिरहनु पर्ने केही आवश्यकता त देख्दैनौं । तर, रोक्न आदेश दिँदै पत्र आएको छ ।’ स्रोतका अनुसार अहिलेका आपूर्ति सचिव श्रीधर सापकोटाले नियमावली तयार नभईसकेको भन्दै नियमावली तयार नभएको ब्यहोरा उल्लेख गरेर उक्त पठाएको बुझिन आएको छ । तर निगम स्रोतले भने यस विषयमा नियमावलीले अहिले नै कुनै समस्या नपार्ने भएपनि सचिवले बदनियत राखेर यस्तो निर्णय गरेको आरोप लगाएको छ । 
 
आफ्नै बुलेटले के फाइदा हुन्छ देशलाई ? 
हामीले अहिले सञ्चालनमा रहेको ५ सय ३२ वटा बुलेट भारतीय कम्पनीलाई दिँईदा नेपालले दुई अर्ब ५० करोड भन्दा बढी भाडाको रूपमा मात्रै खर्च गरिरहेको छ । यसरी बुलेटको लागि स्वीकृति दिने र नेपाली कम्पनीले बुलेट किन्ने हो भने आर्थिक रूपमा मुलुकलाई वार्षिक डेढ अर्ब रूपैयाँ विदेशिनबाट जोगिने निगमका प्रवक्ता घिमिरेले जानकारी दिए । उनका अनुसार अहिले एउटा पनि बुलेट नभएको अवस्थामा नयाँ ग्यास बुलेटहरू ल्याउँदा प्राप्त हुने राजश्व र यसमा संलग्न हुने कर्मचारीहरूको समेत कुरा गर्ने हो भने त अझै धेरै नेपाललाई फाइदा हुने उनले जानकारी दिए । 
 
चीनसँगको इन्धन सम्झौता पूरा गर्न आफ्नै बुलेट आवश्यक 
हामीलाई नाकाबन्दीले पनि यो सिकाएको छ कि हामी चीनसँग केही महिना पहिले गरिएको पारबहन सम्झौतालाई टुङ्गोमा प¥याउने हो भने पनि आफ्नै बुलेट आवश्यक पर्ने ग्यास उद्योगीहरूले बताउँदै आएका छन् । नेपाली व्यवसायीलाई खरिदको लागि स्वीकृति दिन लागिएको नयाँ बुलेट १८ मेट्रिक टन क्षमताको हो । जुन चीनसँगको व्यापारमा पनि अति आवश्यक छ । चीनसँग यो साना क्षमताका ग्यास बुलेट नरहेकोले पनि यस्ता ग्यास बुलेटहरू आफ्नै भएको खण्डमा नाकाबन्दी जस्ता समस्यामा सहजै आपूर्ति व्यवस्थापन सुधार्न सकिने पनि उद्योगीहरूले बताउँदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ