arrow

आन्तरिक राजश्वले देखायो १०५ प्रतिशतको प्रगति (विवरण सहित)

logo
प्रकाशित २०७३ साउन ६ बिहिबार
ird.jpg.jpeg
काठमाडौं। आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७२÷७३ मा लक्ष्य भन्दा १ सय ५ प्रतिशत बढी राजश्व संकलन गरेको आरोप लगाएको छ । उक्त आर्थिक वर्षमा कूल लिएको १ खर्ब ९४ अर्ब ६७ करोड ६२ लाख ९९ हजार रूपैयाँ कूल लक्ष्य लिएकोमा असार मसान्तसम्म २ खर्व ४ अर्व ४३ करोड ५३ लाख ९२ हजार असुली भएको विभागले जनाएको छ। 
 
विभागले आर्थिक वर्ष २०७२÷०७३ को लागि आयकर तर्फ जम्मा रु १ खर्व ९ अर्व ७ करोड ४७ लाख ४३ हजार, मू.अ.कर तर्फ रु.४८ अर्व १८ करोड १ लाख ४२ हजार, अन्तःशुल्क तर्फ रु ३५ अर्ब ९४ करोड ५७ लाख ९२ हजार संकलन को लक्ष्य लिएको थियो । त्यस्तै, शिक्षा सेवा शुल्क तर्फ ६४ करोड ६८ लाख ४८ हजार र स्वास्थ्य सेवा शुल्क तर्फ ८२ करोड ८७ लाख ७४ हजार लक्ष्य समेत जम्मा १ सय ९४ अर्व ६७ करोड ६२ लाख ९९ हजार लक्ष्य तोकिएको विभागले जनाएको छ । 
 
२०७३ साल असार महिनासम्मको प्रगति विवरण अनुसार आयकर तर्फ जम्मा १ खर्व १७ अर्व १३ करोड ११ लाख ७४ हजार, मू.अ.कर तर्फ रु.४९ अर्व ८२ करोड ३५ लाख हजार, अन्तःशुल्क तर्फ रु. ३६ अर्व १९ करोड ३१ लाख ४०  हजार, शिक्षा सेवा शुल्क तर्फ रु ७२ करोड ७ लाख २४ हजार र स्वास्थ्य सेवा शुल्क तर्फ रु ५६ करोड ६८ लाख १८ हजार समेत जम्मा रु. २ खर्व ४ अर्व ४३ करोड ५३ लाख ९२ हजार असुली भएको  छ । 
 
२०७२ वैशाखको शुरुमै देशले भोग्नु परेको विनाशकारी भूकम्प, २०७२÷७३ को प्रारम्भदेखि नै तराई स्थित नाकामा भएको आपूर्ति अवरोध, विकास निर्माणमा देखिएको सुस्तता, पूँजीगत खर्चमा भएको कमी, आर्थिक वर्षको आधा समय २०७२ फागुन महिनासम्म तराईमा भएको बजार वन्द आदि कारणहरुले २०७२ फागुन महिनासम्म रु. १० अर्व २२ करोड १० लाख राजस्व घटी असुली भएको पनि विभागले जनाएको छ । 
 
उक्त अवधिमा राजस्व लक्ष्यको तुलनामा असुली घटी हुनका कारणहरुको समीक्षा गर्दै ती कारणहरुबाट सृजित समस्या समाधानका लागि राजस्व संकलन व्याक अप प्लानलाई कार्यान्वयन गर्न राजस्व संकलन रणनीति तयार गरी फागुन महिनासम्मको घटी राजस्व समेत पूरा भई वार्षिक लक्ष्य रु. १ खर्व ९४ अर्व ६७ करोड ६२ लाख ९९ हजार रहेकोमा उक्त लक्ष्यभन्दा रु ९ अर्व ७५ करोड ९० लाख ९३ हजार वढी राजस्व संकलन गर्न विभाग सक्षम भएको पनि विभागद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
 
असुली गत वर्षको असुलीको तुलनामा १२८ प्रतिशत वृद्धि सहितको राजस्व संकलनको लक्ष्य पूरा गर्न सफल भएको पनि विभागले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ