arrow

रोल्पा कांग्रेसद्वारा वीपीको संझनामा बृक्षारोपण

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ साउन ६ बिहिबार
rolpacongress.png.png
रोल्पा। महामानव वीपी कोइरालाको ३४ औं स्मृती दिवसका अवसरमा नेपाली कांग्रेस रोल्पाले आज बृक्षारोपण कार्यक्रम सम्पन्न गरी कोइरालालाई संझिएको छ  । नेपाली कांग्रेस रोल्पाका कार्यबाहक सभापति शेरबहादुर थापाको अध्यक्षतामा जिल्ला अदालत रोल्पाको नव निर्मित कार्यालय भवन परिषरमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । 
 
दालचिनी, बोकाइनो, सुन्तला,कागती, धुपीसल्ला, टिमुर, तेजपात लगायत करिव १ सय ५० विरुवा रोपिएको कावा अध्यक्ष थापाले जानकारी दिए।  कार्यक्रममा नेपाली कांग्रेस रोल्पाका पदाधिकारीहरु, शुभेच्छुक तथा भातृ संगठनका प्रमुख तथा प्रतिनिधिहरु, लगायत पार्टी कार्यकर्ताहरुको सक्रिय उपस्थिति रहेको थियो । 
 
बृक्षारोपण कार्यक्रम सम्पन्न भए लगत्तै नेपाली कांग्रेस रोल्पाको नियमित मासिक बैठक वपन आजै सम्पन्न भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ