arrow

कमल थापाले यसकारण मन्त्रालय जान छाडे ?

अन्तिम समय सम्म यही सरकारलाई साथ दिन्छौ, तर सदा सर्वदा नीति यही हो भनेर भन्दैनौं

logo
प्रकाशित २०७३ साउन ६ बिहिबार
kamal-thapa-1.jpg.jpeg
काठमाडौं । माओवादी केन्द्र वर्तमान केपी ओली नेतृत्वको सरकारबाट बाहिरिएलगत्तै मन्त्रालयलमा विदाई भेट गरेका उपप्रधान तथा परराष्ट्रमन्त्री मन्त्रालय जान छोडेका छन् । यद्यपि, थापा मन्त्रिपरिषद् बैठकमा भने उपस्थित भए । 
 
मन्त्रालयमा विदाई भेट गरेकै दिन उपप्रधानमन्त्री थापाले भनेका थिए, ‘नीतिगत निर्णय नगर्ने, वर्तमान सरकारलाई अन्तिम समय सम्म जस्तो सुकै परिस्थिति आएपनि साथ दिने ।’ राप्रपाका प्रमुख सचेतक दिलनाथ गिरीले समेत सोही कुरा सुनाए । आफुहरुले ओली सरकारलाई अन्तिम समय सम्म साथ दिने संकल्प गरेका छौं । 
पप्रधानमन्त्री किन मन्त्रालय जान छोड्नुको कारण ? गिरीले हाम्राकुरालाई प्रष्टसंग भने, ‘२०७४ सम्म संगै जाने भनेर हिँडेका थियौं । विचैमा एउटा दलले लाइन फुत्कियो । सरकार अझै अल्पमतमा परेको प्रमाणित नभएपनि अर्को व्यवस्था नभए सम्मका लागि सरकारमा बहुमत देखिँदैन भन्दै उपप्रधामन्त्री तथा पार्टी अध्यक्ष थापा मन्त्रालय नजाने मनस्थितिमा पुग्नु भएको छ ।’ 
 
थापाको भनाई उदृत गर्दै उनले भने, ‘मन्त्रालय जानु भनेको नीतिगत निर्णय गर्न जानु हो । यस्तो अवस्थामा नीतिगत निर्णय गर्नु राम्रो हुँदैन । त्यसैले मन्त्रालय जानु नै राम्रो होइन ।’ उहाँ परराष्ट्र मात्र होइन संघीय मामिला तथा स्थानीय विकास पनि हेरिरहनु भएको छ । गएको आर्थिक वर्षमा भएका केही गतिविधिको निगरानी होला ? जवाफमा गिरीले भने, ‘हो तर मन्त्रालयका सचिवले गर्न सक्ने जति गर्छन् । नगर्ने बाँकि बस्छन् ।’ 
 
अनि एमालेका मन्त्रीहरुले धमाधम नियुक्ति गरिरहेका छन् ? उनले भने, ‘विधि त कायमै छ नी । सरकार छैन भन्ने अवस्था छैन । मन्त्रिपरिषद् कायम छ । काम चलाउ भन्नलाई राष्ट्रपतिले पनि केही भनिसकेको अवस्था छैन । गर्न पाइन्छ ।’ उसो भे तपाईहरु सकार छोड्न लाग्या हो ? गिरीले सरकार छोड्ने भन्दा पनि आफुहरुले नैतिकताका आधारमा नीतिगत निर्णय गर्न छाडेको जवाफ दिए । 
 
सरकारमा जाने हल्ला छ ?
उनले यसविषयमा खुलेरै भने । यो सरकारलाई अन्तिम समय सम्म साथ दिन्छौं । तर सदा सर्वदा नीति यही हो भनेर हामीले भनेका छैनौं । उनले भने, ‘पराजित भएको खण्डमा पराजय स्वीकार्छौं । भोली के हुन्छ भन्ने कुरा भोलीकै परिस्थितिले देखाउला ।’ हामी यही अवस्थामा बस्ने कुरो पनि त हुँदैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ