arrow

पुष्पलालको ३८ औं स्मृति दिवसमा कम्युनिष्ट सम्झना, आपसमा लडेरै सकिने स्थिति

logo
प्रकाशित २०७३ साउन ७ शुक्रबार
puspalal.jpg.jpeg
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ३८ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै छ । पुष्पलालको २०३५ साल साउन ७ गते निधन भएको थियो ।
 
नेपाली कम्युनिष्ट राजनीतिका खम्बा पुष्पलालले २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । नेपाली क्रान्तिलाई अगाडि बढाउने क्रममा जीवनको उत्तराद्र्धसम्म लडिरेहका जनताका सेना पुष्पलाल नेपाली कम्युनिष्टका सिद्धान्तकार नै हुन् ।
 
अहिलेसम्म नेपाली कम्युनिष्ट दलहरुले पुष्पलालको नाम बेचिरहेका छन् । तर व्यवहारिक रुपले उनको सिद्धान्तलाई पहिलेदेखि नै बिर्सिसकेका छन् । 
 
१९८१ साल असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलाल जीवनभर संगठन विस्तारमा लागेका थिए । राणा विरोधी आन्दोलनका अगुवा सहिद गंगालाल श्रेष्ठका माइला भाइ पुष्पलालले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी कम्युनिस्ट सिद्धान्तलाई नेपाली मार्क्सवादी विश्लेषकको पहिचान दिएका थिए ।
 
निरंकुशताको अन्त्यका लागि संयुक्त जनआन्दोलनको कार्यदिशा २०२५ सालमा अगाडि सार्ने उनी पहिलो नेता थिए ।
 
कम्युनिष्ट एक हौं भन्ने सिद्धान्त अंगीकार गरेका पुष्पलाल सबै कम्युनिष्टका साथै नेपालका मुख्य आन्दोलनको सहयात्री दल नेपाली काँग्रेसका नेताका लागि पनि प्रिय थिए ।
 
कसैको आलोचना नगरी पार्टी संगठनमा लागेका पुष्पलाललाई कम्युनिष्ट नेताहरुले आदर्श माने पनि थुप्रै चिरामा विभाजित छन् ।
 
आजका दिनसम्म पनि कम्युनिष्ट नेताहरु एकजुट हुने कुरामात्र गर्छन् तर व्यवहारमा सबैभन्दा बढी दुस्मनी आपसमा देखाइरहेका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ