arrow

कबाली कीर्तिमान, प्रदर्शनअघि नै दुई अर्ब भारु कमाइ

logo
प्रकाशित २०७३ साउन ७ शुक्रबार
kawali.jpg.jpeg
मुम्बई। बलिउड अभिनेता रजनीकान्त त्यस्ता स्टार हुन् जो दक्षिण भारतका लागि भगवानजस्तै मानिन्छन्। उनको फोटोमा धुप चढाउने पनि उत्तिकै छन्। त्यसैले त होला रजनीकान्तको चलचित्र पनि त्यसैगरी सुपरहिट हुने गर्छ।
 
त्यसको उदाहरण हो शुक्रबार (साउन ७) देखि प्रदर्शनीमा आएको उनको चलचित्र ‘कबाली’ । यो चलचित्र दुनियाँभरका ३९०० थिएटरमा देखाइएको छ। चेन्नईमा भने उनको चलचित्रको पहिलो सो हेर्न स्थानीय समय अनुसार राति १२ बजे नै लाइनमा लागेका थिए दर्शक। एउटा थिएटरले बिहान ४ बजे नै चलचित्रको प्रदर्शनी राखेको थियो।
 
कयौं दिनदेखि अग्रिम बुकिङ्ग टिकट लिए पनि कतिपय त तत्काल टिकट पाइने आशाले राति १२ बजे लाइनमा बसेका हुन्। तमिलनाडुभर आइतबारसम्मका लागि टिकट बुकिङ्ग भइसकेको छ । मुम्बईमा बिहान ६ बजे नै भीड थियो। मुम्बईको एक पुरानो थिएटरमा सन् १९४० देखि पुराना अंग्रेजी चलचित्र लाग्दै आएकामा पछिल्ला ३० वर्षदेखि रजनीकान्तकामात्र चलचित्र लाग्दै आएका छन्। 
 
एक अर्व ६० करोड भारतीय रुपैयाँमा बनेको सो चलचित्र प्रदर्शनीअघि नै दुई अर्व भारतीय रुपैयाँको कमाइ गरिसकेको छ। कबालीमा रजनीकान्त एक ग्याङ्गस्टारको भूमिकामा छन्। पीए रंजितको निर्देशनमा बनेको चलचित्रमा चट्पटे अनि सेक्सी नायिका राधिका आप्टे पनि रहेकी छिन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ