arrow

ससंदबाटै छिनोफानो गर्ने बिपक्षीको तयारी, प्रधानमन्त्री ओलीलाई अबिश्वासको प्रस्तावबाटै हटाइने

logo
प्रकाशित २०७३ साउन ७ शुक्रबार
congress-moist.JPG.jpeg
काठमाडौं। संसदमा देखिएको अवरोध हटाउन कांग्रेस नेता रामचन्द्रले अघि सारेको प्रस्तावलाई कांग्रेस, माओवादी र मधेसी मोर्चाले अस्विकार गरेका छन् । दलहरु बिच राजनैतिक सहमति बन्न नसक्दा आज बोलाइएको संसद बैठकमा कसरी सुचारु होला सबैतिर कौल्तुहल बढेको छ । बैठक शुक्रबार २ बजे बस्ने गरी बिहिवार स्थगित गरिएको हो। 
 
पौडेलले संसदको गतिरोध हटाउन प्रधानमन्त्री विरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने र प्रधानमन्त्रीले राजिनामा दिने बिकल्प अगाडि सारेका थिए तर आज बिहान कांग्रेस, माओवादी र मधेसी मोर्चाका शिर्ष नेताहरु बिच भएको बैठकले प्रधानमन्त्री बिरुद्ध संसदमा पेश गरेको अविस्वासको प्रस्ताव फिर्ता नलिने निर्णय गरेको हो । अव सबै बिवादित मुद्दाहरु संसदमा नै छिनोफानो हुने देखिन्छ ।
 
शुक्रबार बिहान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले अविश्वासको प्रस्ताव कुनै हालतमा फिर्ता नलिने तथा अव प्रधानमन्त्रीको राजिनामा पनि नमागिने कांग्रेस नेता विमलेन्द्र निधीले बताए ।
उनले अव संसदमा अविस्वास प्रस्ताव माथि छलफल हुनुपर्छ । भन्दै बजेट आश्रित विधेयक भन्दा पहिले बिशेष परिस्थिति भएको कारण पहिले अबिस्वासको प्रस्तावमा नै छलफल हुनुपर्ने जिकिर गरे। 
 
सो बैठकमा दलहरुले आगामी सरकारबारेको बारेमा पनि छलफल भएको बताइएको छ । 
सुक्रबारबाट सहमति भए पनि नभए पनि अव संसद चल्ने बताएको छ । तर पहिले बजेट माथि छलफल नहुने हो भने सत्ता पक्ष नै संसद अवरुद्ध गर्न उत्रिने एमालेले बताउउदै आएको छ । भने कांग्रेस र माओवादी जसरी पनि अबिस्वासको प्रस्ताव माथि छलफल बढाउने तयारी गरेकोबाट आजको संसद बैठक कसरी चल्ला सबै तिर चासो बढेको छ ।

बैठकमा काँग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता पौडेल, नेताहरु बिमलेन्द्र निधि र चीनकाजी श्रेष्ठ तथा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, रामबहादुर थापा हुनुहुन्थ्यो । यस्तै मधेशकेन्द्रित दलका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई, हृदयेश त्रिपाठी, राजकिशोर यादवलगायत सहभागी थिए ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ