arrow

शीर्ष दलका नेताहरु छलफल गर्दै, प्रधानमन्त्री बालुवाटारमा क्याविनेटको थकाई मार्दै

logo
प्रकाशित २०७३ साउन ७ शुक्रबार
Samsad-Bhawan.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि शीर्ष दलका नेताहरुको बैठक बस्न ढिलाई भएको छ । सभामुखको कार्यकक्षमा १२ बजे बस्ने भनेको बैठक संसद भवनमा १ बजे सुरु भएको छ । यद्यपि, सो बैठकमा समेत प्रधानमन्त्री उपस्थित भएका छैनन् । 
 
प्रधानमन्त्री ओली क्याविनेटको बैठक सकेर बालुवाटारमा आराम गरिरहेका छन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री कहाँ जानु भएको हो भन्ने बारे आफुलाई ज्ञान भएन भने । बैठकमा अन्य नेताहरु हुनुहुन्छ । प्रधानमन्त्री क्याविनेट बैठक सकेर बालुवाटारमै आराम गर्दै हुनु हुन्छ, प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले हाम्रा कुरासंग भने । 
 
दिउँसो १२ बजे बोलाईएको बैठक प्रधानमन्त्रीलाई कुर्दा १ बजे मात्रै सुरु भयो । जसले २ बजे बस्ने भनेको संसद बैठक समेत अनिश्चत बनाई दिएको छ । संसद सचिवालयका सहप्रवक्ता सदुर्शन कुइँकेलले भने, ‘दलहरुले सहमति जुटाएका छैनन् । खै अझै बस्ने छाँट छैन । नियमावलीको नियमले अब १ घण्टा बाँकी छ । त्यसपछि नियमैले स्वतः बैठक स्थगित हुने छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ