arrow

पाँच वर्षीय बालकसहित दुई मृत फेला

logo
रासस,
प्रकाशित २०७८ कार्तिक ५ शुक्रबार
Baitadi-hamrakura.jpg

बैतडी । पाँच वर्षीय बालकसहित शुक्रवार बैतडीमा दुई जना मृत फेला परेका छन् । सुर्नया गाउँपालिका-५ कक्स्याली ४७ वर्षीय ध्वजबहादुर विष्ट असोज २९ गते घोडधौनीस्थित दाजुको घरबाट आफ्नो घर जान्छु भन्दै हिँडेकामा शुक्रवार बिहान १० बजे कक्स्यालीमा मृत फेला परेका हुन् । 

उनको मृत्युको कारण खुल्न नसके र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता दर्शन खड्काले जानकारी दिए । 
 
यसैबीच डिलाशैनी–४ मठैराजका पाँच वर्षीय सुभम विष्ट पनि मृत फेला परेका छन् । सुभमको शव दोगडाकेदार–६ चम्तडी नजिक चौलानी नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ । 

कात्तिक २ गते सुभमकी आमा २८ वर्षीया जयन्ती विष्टले सुभमसहित जमाडी नदीमा हाम फालेकी थिइन् । जयन्तीको अवस्था अझै अज्ञात रहेको छ । जयन्तीका श्रीमान् घरमै छन् । घटनाबारे अनुसन्धान अगाडि बढाइएको ताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ