arrow

बाढी कारण भएको सङ्कटकालीन अवस्थाप्रति चीन संवेदनशील

logo
प्रकाशित २०७३ साउन ७ शुक्रबार
floodchina.jpg.jpeg
बेइजिङ  । घनघोर बर्षासहितको आँधी र बाढी कारण चीनको हेनानमा आएको सङ्कटकालीन अवस्थाप्रति चीन संवेदनशील भएको छ । 
 
चीनको हेनान प्रान्तमा घनघोर बर्षासहित आएको आँधी र बाढीमा परी कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ । प्रान्तीय नागरिक मामिलासम्बन्धी विभागले शुक्रबार सो जानकारी दिएको छ । बाढी प्रभावित इलाकामा उद्धारकार्य जारी रहेको बताइएको छ । 
 
गत जुलाई १८ बाट चीनको हेनान प्रान्तमा सुरु भएको भारी बर्षा र बाढीमा परी स्थानीय समयानुसार शुक्रबार बिहान ७ बजे सम्म १५ व्यक्तिको मृत्यु हुनुको ८ जना हराएको समाचार छ । यस बर्षाको कारण ७२ हजार व्यक्ति विस्थापित भएका स्थानीय सरकारले जनाएको छ । 
 
घनघोर बर्षासहित आएको आँधी र बाढीको कारण १८ हजार घर क्षतिग्रस्त भएको छ । यस प्रकोपबाट ३ हजार ५ सय हेक्टर बालीनाली नष्ट भएको बताइएको छ । 
 
त्यसैगरी चीनको उत्तरी प्रान्त हेबेइमा अविरलरुपमा परेको पानीका कारण कम्तीमा ३० जनाको ज्यान जानुको साथै अन्य ६८ जना हराइरहेका जनाइएको छ । बुधबार बिहानदेखि शुक्रबारसम्म नै वर्षा निरन्तररुपमा भइरहेको बताइएको छ । 
 
सो प्रान्त करिब एक लाख ६३ हजार नौ सय व्यक्तिलाई सुरक्षित स्थानमा सारेको सरकारी अधिकारीहरुले बिहीबार नै जानकारी दिएका थिए । उक्त प्रान्तका विभिन्न नगरका गरी करिब १० लाख नागरिक प्रभावित भएका पनि बिहीबार जनाइएको थियो ।
 
हेबेइ प्रान्तका ११ वटा नगरमा पानीको मात्रा नघटेको जनाइएको थियो । निरन्तरको वर्षाका कारण बाढी आएको छ र सो बाढीमा कैयौँ व्यक्ति थुनिएका वा हराएका छन् । 
 
उक्त दुवै प्रान्तमा उद्वारको प्रयास जारी रहेको पनि बताइएको छ । ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको र उद्वारकर्मी खटाइएको समाचारमा उल्लेख गरिएको छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ