arrow

संसद बैठकमा ढिलाई, प्रधानमन्त्री बल्ल संसद भवनमा

logo
प्रकाशित २०७३ साउन ७ शुक्रबार
Samsad-bhawan2.jpg.jpeg
काठमाडौं । तीन दलको बैठकमा अनुपस्थित भएका प्रधानमन्त्री केपी ओली ढिलो गरी संसद भवन प्रवेश गरेका छन् । मन्त्रीहरुको छुट्टै परामर्श सकेर ओली ढिलो गरी संसद भवन छिरेका हुन् । 
 
संसद चलाउने बाटो खुले पनि प्रधानमन्त्री तथा सरकारका मन्त्रीहरुले संसद बैठकलाई खासै महत्व दिएका छैनन् ।  प्रधानमन्त्रीले संसद वैठकलाई बेवास्ता गर्दै मन्त्रीहरुसंग छुट्टै परामर्श गरे ।
 
प्रधानमन्त्रीले कानुन मन्त्री, रक्षामन्त्रीलगायतसंग परामर्श गरेको स्रोतले जनाएको छ । 
 
संसद बैठक सुरु
व्यवस्थाविका संसद बैठक सुरु भएको छ । ४ः३०का लागि बोलाइएको बैठक ५ बज्न १० मिनेट बाँकी छदा सुरु भएको हो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ