काठमाडौं । लामो राजनीतिक रस्सा कस्सीपछि संसद बैठक बसेको छ । बैठकको सुरुमा सभामुख ओनसरी घर्तीले बैठकको कार्यसूची सुनाइन् । कार्यसूचीमा कारबाही अघि बढाउनु अघि सभामुखले माओवादीले सरकार छोडेपछि सरकारले गरेको जिम्मेवारी हेरफेरको पत्र पढेर सुनाइन् ।
सभामुखले विभिन्न मन्त्रालयमा ८ भएको जिम्मेवारी हेरफेर पढेर सुनाएकी हुन् ।
सरकारले निम्न तोकेको जिम्मेवारी
प्रधानमन्त्री केपी ओली –सामान्य प्रशासन मन्त्रालय
उपप्रधानमन्त्री विजयकुमार गच्छदार – वन तथा भूसंरक्षण
उपप्रधानमन्त्री भीम रावल –गृह मन्त्रालय
अर्थमन्त्री विष्णु पौडेल – उर्जा मन्त्रालय
श्रम मन्त्री दिपक बोहरा– आपूर्ति मन्त्रालय
कानुन मन्त्री अग्नि खरेल – शिक्षा मन्त्रालय
राम कुमार सुब्बा –सिंचाई मन्त्री
शान्ता मानवी– कृषि