arrow

सरकार र डा. गोविन्द केसी प्रतिनिधिबीच वार्ता : विज्ञसँग छलफल गर्ने

logo
प्रकाशित २०७३ साउन ७ शुक्रबार
kc-new-gharti.jpg.jpeg
काठमाडौँ । सरकार र डा गोविन्द केसी प्रतिनिधिबीच स्वास्थ्य मन्त्रालयमा बिहान ११ बजेबाट बसेको दोस्रो चरणको वार्ता विज्ञसँग छलफल गर्नुपर्ने भन्दै स्थगित भएको छ । 
 
सरकारी वार्ता टोली संयोजक एवम् स्वास्थ्य मन्त्रालयका सचिव डा सेनेन्द्रराज उप्रेतीले केही विषयमा गाँठो फुकाउनका लागि विज्ञसँग छलफल गर्नुपर्ने भएकाले पुनः अर्को चरणमा वार्ता गर्ने सहमति भएको जानकारी दिए । 
 
उनले भने , “केही विषय निकै जटिल छन् । ठोस निष्कर्षमा पुग्न विज्ञको राय आवश्यक परेकाले वार्ता केही समयका लागि स्थगित गरिएको छ । अब हुने वार्तालाई अन्तिम बनाउन हाम्रो प्रयास रहनेछ ।” विज्ञको सुझावपछि अर्को चरणको वार्ता आजै बस्ने उनको भनाइ छ । 
 
डा केसीका तर्फबाट वार्ता टोलीका संयोजक डा रञ्जनकुमार सापकोटाले वार्तामा हिजोको तुलनामा केही अगाडि बढेपनि मुख्य विषयमा छलफल नै हुन नसकेको बताए  । 
 
उनले भने , “हामी सहमतिको नजिक पुग्न खोजीरहेका छौँ, उहाँहरुले विज्ञसँग छलफलका लागि समय मागेपछि सकेसम्म आजै ७ बजेतिर पुनः वार्तामा बस्ने सहमतिसहित वार्ता स्थगित भएको छ ।” 
 
 
दुवै पक्ष आजै निष्कर्षमा पुग्न सहमत भएका छन् । वार्ता सकारात्मकरुपमा अघि बढेको बताइएको छ । बिहीबार र शुक्रबार गरी– ८ घन्टासम्म वार्ता भएको छ । डा केसी चिकित्सा क्षेत्र सुधारलगायत विभिन्न माग राख्दै गत १३ दिनदेखि अनशन बसिरहेका छन् । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ