काठमाडौं । माओवादी सांसद कृष्ण बहादुर महराले सरकारले ल्याएको आर्थिक विधेयक एकाधिकार पुँजीवादबाट पीडित रहेको बताएका छन् ।
व्यवस्थापिका संसदमा भएको आर्थिक विधेयक २०७३ माथिको छलफलमा भाग लिँदै महराले भने, ‘यो समाजवादका नाममा एकाधिकार पुँजीवादबादको खिचडी हो ।’ यो आर्थिक विधेयक भित्र छिर्नु आवश्यक छैन ।
महराले आफुहरु सरकार छोडेपछि पूर्ण प्रतिपक्षमा रहेको बताए । विनियोजन विधेयक पारित हुँदा सरकारमै रहेका महराले अहिले आएर यसमा कुनै प्रगति र उन्नति छैन ।
यस्तै, कांग्रे सांसद प्रकाशशरण महतले सरकारले लिएको ५ सय ६५ अर्बको राजश्वको लक्ष्य महत्वकांक्षी मात्रै भएको बताए । सोही विषयको जवाफ दिँदै अर्थमन्त्री विष्णु पौडेलले त्यो महत्वकांक्षी नभई उठाउने पूर्ण आत्म विश्वासका साथ राखेको बताए ।